११३ औं नारी दिवस : यर्थात

किस्मीता बुढा (कार्की)

मैले देखेकि तिमी, मैले चिनेकि तिमी, हजारौँ नारीको प्रतिनिधत्व गर्न सक्ने तिमी  ।
त्यो कोलाहट, चिच्चाहट शहरमा तिमी मौन रहेको देखे।

तिम्रा ओठ बन्द छन्, तर तिमी भित्र बिद्रोहको ज्वालामुखी दन्कीएको देखे ।
तिम्रो खुसी तिम्रौ सामु रन्कीएको देखे।

सेता लुगा भित्र रहेका काला मुहारको बन्धनमा बाधिएकाे देखे म संग कुरा गदै पलपल परेलीका ढिलका आँशु लुकाएको देखे ।
आफ्नो पिर्डा आफै भित्र छुपाएको देखे।

तिमी गंगा जस्तै पबित्र थियौ। तिमी गगनमा उडने चरी जस्तै स्वतन्त्र थियौ ।आज तिम्रो महलमा तिमीलाई मैले सुनको पिजडा भित्र रहेको सुगा झै देखे।

तिमीलाई तिम्रो ठूलो महलमा आफ्ना खुसीलाई बन्दगी राखेको कैदी झै देखे
घाम,पानि, दुःख सुख सहन सक्ने तिमीलाई यो धर्ति झै देखे

मानबता रितिएका सम्बन्धका लागि अझै पनि झिनो आश लिएर पर्खिएको देखे।
अनिश्चित गन्तव्यमा बाटो बिराएको बटुवा झै देखे।

तिमीले असल मातृत्वको दायित्वप पुरा गरेको देखे
सबैलाई खुसि पार्ने कहिले हाँसेको देखे त कहिले रोएको देखे
तर तिमी आफू निदाउन सिलिपिङ्क टेबलेट खाएको देखे

तिमी त भुइँ मान्छे थियौ
तिमी त सरलता रुचाउने मान्छे थियौ
आज त्यो ठुलो मान्छे को संगतले देखावटी बनावटी गरेको देखे
त्यसैले त तिमीलाई पिडा ,आँशु लुकाएको देखे।

उ आफनो खुसीको लागी तिमी जस्तै नारी बदली बदली हिडेँको देखेँ।
तिमी एक मालिक प्रति बफादार हुने कर्तब्य निष्ठ प्राणी भैm कर्तब्य पूरा गरेको देखेँ।

जाहानियाँ राणा शाशन भन्दा कठोर उसका शाशनमा तिमी निस्सासीएको देखे।
इज्जत नै ठुलो हो भन्ने मुल मन्त्रले तिम्रो आवाज दबिएको देखे।

शिक्षीत अनी पढेकी तिमी कुरुति को वकालत गर्न सक्ने तिमी।
दबिएका आवाज को बिगुल फूक्न सक्ने तिमी
खै बुभ्नै सकिन मैले केका लागी उसको दासी भएको देखे

अब तिमी उठ्नु छ , अब तिमी बोल्नु छ तिम्रो मौनतालाई तोडेनु छ
फेरीपनि पंक्षी झै उडुनु छ फुल झै फूल्नु छ आज ११३ औं अन्तराष्ट्रिय नारी दिवश को शुभकामना नारी तिमीलाई