सुर्खेत ।
सल्यानमा सालनालसहितको नवजात शिशु मृत फेला परेको छ ।
जिल्लाको कालीमाटी गाउँपालिका–४ डोढेरामा नवजात शिशु मृत फेला परेको हो ।
मंगलबार साँझ शारदा नदी किनारमा सालनालसहितको शिशु तैरिरहेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।
घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ फागुन १७ गते बुधबार















प्रतिक्रिया दिनुहोस्