कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको कोहलपुर वृहत शहरी खानेपानी उपभोक्ता संस्थाले १० औं वार्षिकोत्सव मनाएको छ ।
शनिबार कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यको प्रमुख अतिथ्यिता तथा खानेपानी संस्थाका अध्यक्ष टेकनारायण भूषालको सभा अध्यक्षतामा १० औं वार्षिकोत्सव मनाएको हो ।
भूषालले वार्षिकोत्सवमा प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वर्ष २०८१÷०८२ मा १८ वटा मुख्य मुख्य कामहरु गरेको जानकारी दिएका थिए ।
यस्तै कार्यक्रम बोल्दै आचार्यले संस्थागत विकास लागि नगरपालिका तयार रहेको बताए । हालको कार्यसमितिले गरेको कार्यशैली राम्रो भएको र निश्वार्थ रुपमा खटिने पदाधिकारीलाई कोहलपुरबासीलाई स्वच्छ र शुद्ध पानी वितरणमा कुनै कमि नराख्न अनुरोध गरेका थिए ।
साधारणसभामा संस्थाका संस्थापक अध्यक्ष एवम निवर्तमान कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत, नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य नरेन्द्र न्यौपाने, कोहलपुर नगरपालिका ०५ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठ, १२ का वडा अध्यक्ष विरेन्द्र शाही, ०१ का वडा अध्यक्ष बद्रिनाथ सापकोटा लगायत वडाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्