आजको राशिफल २०७९ फागुन १७ गते बुधबार




मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ । प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ ।

वृष

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

सुखद् समाचारले उत्साह जगाउनेछ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह

पहिलेको सफलताले थप हौसला जगाउनेछ । बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो

समय दिन नसक्दा काम रोकिनेछ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । आफन्तबाट पनि टाढिनुपर्ला । फजुल खर्च बढ्नेछ भने बेलैमा होस नपुग्नाले अर्थ अभाव देखापर्न सक्छ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे

विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । कृषि, पशुपालनमा आदिमा फाइदा हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । भविष्यका लागि नयाँ काममा जग बसाउने अवसर जुट्नेछ । मिहिनेतले राम्रो परिणाम दिलाउनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ ।

कन्या

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

सामुदायिक तथा सेवामूलक कामले पद–प्रतिष्ठा दिलाउन सक्छ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । शक्तिको धाक देखाउनेहरू स्वतः निहुरिनेछन् । मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । मेहनत गर्दा भाग्योन्नतिको समय छ ।

तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते

स्वास्थ्य कमजोर रहे पनि कामको चाप बढ्नेछ । परिबन्धले केही समस्या निम्त्याउन सक्छ । पहिलेको समस्या सुल्झाउन पनि निकै परिश्रम गर्नुपर्ला । सहयोग गर्नेहरू कमै भेटिनेछन् । ठूलो उपलब्धि नभए पनि पहिलेको साख जोगाउन सकिनेछ । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु

कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ पहिलेका कमजोरीमा क्रमशः सुधार आउनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ ।

धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

रमाइलो यात्रा हुनुका साथै स्वादिष्ट खानपानको समेत आनन्द प्राप्त हुनेछ । बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापार र पेसामा राम्रै फाइदा हुनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ ।

मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि

शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ ।

कुम्भ

गु, गे, गो, सा, सि, सु, से, सो, द

कामको चापबाट फुर्सद पाइनेछ । विभिन्न सहयोग र उपहार हातलागी हुनेछन् । तर, गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ । पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला । अध्ययनमा धेरै समय जुट्न नसकिएला । मन मिल्ने साथीभाइ भेटिए पनि वादविवादले सम्बन्ध कमजोर बनाउन सक्छ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला । बेसुरमा थालेको काम बिग्रन सक्छ । नतिजा कमजोर देखिनाले काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । आफ्नो कमजोरी बाहिरिनाले आलोचकहरू बढ्न सक्छन् । हतारमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ ।

उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचानार्या)

 

 

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ फागुन १७ गते बुधबार