मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । नयाँ काम प्रारम्भ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ ।
वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । नयाँ कामको प्रस्ताव आउनेछ र सहयोगीहरू भेटिनेछन् ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
समय दिन नसक्दा काम रोकिनेछ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ । अरूको करकापमा परी आफ्नो मान्यता विपरीतको काम गर्नुपर्ने अवस्था आउन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । आफन्तबाट पनि टाढिनुपर्ला । फजुल खर्च बढ्नेछ भने बेलैमा होस नपुग्नाले अर्थ अभाव देखापर्न सक्छ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । कृषि, पशुपालनमा आदिमा पनि फाइदा हुनेछ । मिहिनेतले राम्रो परिणाम दिलाउनेछ । तर, उठेको रकम संग्रह गर्न बाधा पर्ने समय छ । सञ्चित धन अरूका लागि खर्चनुपर्ने परिस्थिति आउन सक्छ । विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
व्यापार बढ्नेछ भने नोकरी तथा पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । साथीभाइ नजिकिनेछन् । मिहिनेत गर्दा भविष्यका लागि जग बसाउने मौका छ । आँटले सफलताको उचाइमा पुर्याउनेछ । पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम हातपार्न सफल भइनेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग सहकार्य हुन सक्छ ।
कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । सानो प्रयत्नले तारिफयोग्य काम थालनी हुनेछ । सहयोगीहरूले हिम्मत दिलाउनेछन् । धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला । चिताएको काम छिटै सम्पादन हुनेछ । केही विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि सामाजिक दायित्व बढ्नेछ । मिहिनेतको प्रतिफल सहजै प्राप्त हुने समय छ । व्यवसाय विस्तार गर्ने समय छ ।
तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
स्वास्थ्यका लागि विश्राम र आहारविहारमा ध्यान पुर्याउनुहोला । शरीरमा कमजोरी अनुभूति हुनेछ । जोखिमपूर्ण तथा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । पहिलेका समस्या दोहोरिनाले काम अधुरो रहनेछ । शरीरमा कमजोरी अनुभूति हुनेछ । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
व्यापार र पेसामा राम्रै फाइदा हुनेछ । बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । रमाइलो यात्रा हुनुका साथै स्वादिष्ट खानपानको समेत आनन्द प्राप्त हुनेछ । दिगो फाइदा हुने योजना समेत कार्यान्वयन गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ ।
धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
व्यापारलगायत आर्थिक लाभ लिने योजना कार्यान्वयन हुनेछन् । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ । भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ । छोटो समयमा विशेष उपलब्धि प्राप्त हुनेछ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ ।
मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अवसरका लागि कडा परिश्रम गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ । जटिल कामले लोभ्याउनेछ तर खर्च पनि उत्तिकै लाग्न सक्छ । मिहिनेत र बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । बेसुरमा काम गर्ने बानीले समस्या आउला । गुरुजनको साथ–सहयोग पाइनेछ । नयाँ काम गर्न केही समय लाग्नेछ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
आफ्नो कमजोरी बाहिरिनाले आलोचकहरू बढ्न सक्छन् । हतारमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ । नतिजा कमजोर देखिनाले काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला । परिस्थितिवश नियमित काम अधुरो रहला । तत्कालको फाइदा हेर्दा लाभांश गुम्न सक्छ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ ।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्