आजको राशिफल-२०७९ फागुन १४ गते, आइतबार

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

पहिलेको सफलताले हौसला जगाउनेछ । बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ । काममा शुभचिन्तकहरूले साथ दिनेछन् । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । पहिलेको दुविधाले निर्णायक मोड लिनेछ । आम्दानीका स्रोत बढ्नेछन् । लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ ।

वृष

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

व्यवसायमा फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ । सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ । तारिफयोग्य कामले प्रशंसक बढ्नेछन् । मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह

आम्दानी बढ्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला । प्रयत्न गर्दा बिहानै व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ । रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ । रभैपरी आउने खर्च बढे पनि यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो

रोकिएको काम बन्नेछ भने गरेका कामको राम्रो मूल्यांकन हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । काममा सोचेजस्तै सफलता मिल्नेछ । आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् । रमाइलो यात्रा गर्ने साइत जुर्न सक्छ । नियमित काम गर्दै दिगो काम प्रारम्भ गर्न सकिनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । लगनशीलताले सफलता दिलाउनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । कीर्तिमानी काम गर्ने समय छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । सामाजिक दायित्व बढ्नेछ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ ।

कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आफ्ना कमजोरी भरसक नदर्साउनु होला । पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन् । दिउँसोदेखि स्थितिमा सुधार आउनुका साथै गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ । मिहिनेत गर्दा नाम, दाम र इनाम हातपार्न सकिनेछ । समस्या दर्साउँदा शुभचिन्तकहरूको साथ–सहयोग जुट्नेछ ।

तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते

उद्योग र व्यापारमा फाइदा हुनेछ । दिउँसोदेखि विवादास्पद जिम्मेवारी आउन सक्छन् । अप्ठ्यारा परिस्थिति सुल्झाएरै फाइदा उठाउन सकिनेछ । पहिलेको उपलब्धिले उत्साह जगाउनेछ । कामको चापबाट फुर्सद पाइनेछ । मनोरञ्जनको समय छ । सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ । अस्वस्थताले काममा बाधा पुर्याउनेछ ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन् । पहिलेको सफलताले हौसला जगाउनेछ र आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम सम्पादन हुनेछ । पछिका लागि समेत विशेष काममा जग बसाउने मौका छ । रमाइलो पारिवारिक भेटघाट पनि हुनेछ । यात्राका बीच साँझतिर अतिथिका रूपमा सत्कार पाइनेछ ।

धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ । सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । लगनशीलताले विभिन्न अवसर दिलाउनेछ ।

मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि

साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अरूको सुझावमा भर नपर्नुहोला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला । आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ । हतारमा निर्णय नलिनुहोला । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ ।

कुम्भ,
गे, गो, सा, सि, सु, से, सो, द

सफलताले काममा पनि उत्साह जगाउनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ । सहयोगीहरूले प्रतिस्पर्धाको दौडमा जित दिलाउनेछन् । श्रमबाट मनग्गे धनलाभ हुनेछ । व्यसायमा काम बिग्रनाले केही दौडधुप गर्नुपर्नेछ । दिउँसोदेखि आफन्तबाट सावधानी अपनाउनुहोला । विभिन्न अवसर प्राप्त हुनुका साथै सफलताको यश प्राप्त गर्ने समय छ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन् । टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ । सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन्। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ । चिताएको काम बन्नाले नयाँँ काम थाल्न सकिनेछ ।

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)