नेरा मावि लक्ष्मणपुर बन्यो खेलकुदमा नगर कै उत्कृष्ट विद्यालय, लगातार ५ बर्ष प्रथम

रावन विश्वकर्मा,

नेपाल राष्ट्रिय माध्यामिक विद्यालय लक्ष्मणपुर खेलकुद क्षेत्रमा बाँसगढी नगर कै उत्कृष्ट विद्यालय बनेको छ । बर्दियाको बाँसगढी ४ लक्ष्मणपुरमा रहेको विद्यालय लगायत ५ बर्ष प्रथम हुदै खेलकुद विद्यामा बाँसगढी नगरपालिका कै उत्कृष्ट विद्यालय बनेको हो ।

नेरा मावि लक्ष्मणपुरले नगरमा हुने हरेक बर्षको खेलकुद प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्दै खेल विद्या तर्फ अब्बल विद्यालयको रुपमा आफ्नो परिचय स्थापित गरेको छ । बाँसगढी नगरपालिकाले आयोजना गरेको मेयर कप प्रतियोगितामा लगायत चार बर्ष र यो बर्ष पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ मा पनि प्रथम उपाधि हात पार्न लक्ष्मणपुर सफल भएको छ ।

लगातार पाँचौँ पटक पनि उपाधि उचाले पछि नेरा मावि लक्ष्मणपुरको विभिन्न विद्यालय सँगै नागरिक स्तरमा पनि चर्चा परिपर्चा भएको छ ।

खेलकुदले विद्यार्थीको शरीर स्वस्थ रहनुका साथै विद्यार्थी अनुशासित र लगनशील भई अध्ययन गर्ने गरेको र विद्यार्थीको पढाईमा समेत प्रगति भएको विद्यालयले जनाएको छ । विद्यालयले बर्षै पिच्छे सफलता हात पार्नुमा विद्यालय, शिक्षक र खेलाडी छात्र छात्रा विद्यार्थीहरुको मेहनत र लगनशीलले सम्भब भएको नेरा मावि लक्ष्मणपुरका प्रधानाध्यापक अर्जुन प्रसाद तिवारीले बताए ।

शिक्षकले विद्यार्थीलाई खेलकुद सम्बन्धी शारीरिक प्रशिक्षण ट्रेनिङ देखि खेलकुद सम्बन्धीका आवश्यक सीप सिकाउँदै आएको उहाले बताउनु भयो । खेलकुद मार्फत विद्यार्थीको शारीरिक र मानसिक स्वास्थ्य, सामूहिक भावनाको विकास र अनुशासित तथा मर्यादित बनाउनुका साथै शैक्षिक गुणस्तर बृद्धि गर्न पनि सघाउने हुदा विद्यालयले अतिरिक्त क्रियाकलापलाई पनि उतिकै ध्यान दिदै आएको प्रअ तिवारीको भनाई छ ।

प्रधानाध्यापक तिवारीका अनुसार विद्यालयलाई यो स्थान सम्म पुर्याउन खेल प्रशिक्षक हरिहर प्रसाद थारु, विद्यालय व्यवस्थापन समिति अध्यक्ष भुपाल खड्का, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक र स्थानिय समुदायको पनि ठुलो हात रहेको छ । विद्यालयले यहि माघ २० गते देखी २४ गते सम्म सञ्चालन भएको पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको छ ।

प्रतियोगितामा कबड्डी छात्रा तर्फ प्रथम हुन सफल विद्यार्थी उमा सुनार, निरुता बुढा, वर्षा बोहरा, सन्ध्या वि क, स्वस्तिका पौडेल, मनिषा वि क, ज्योति ढकाल, सञ्चिता थारु, दिलमाया सिंह, र अन्सु के सी रहेका छन् । छात्रा तर्फ उमा सुनार कबड्डी उत्कृष्ट खेलाडी समेत भएकी छन् ।

कबड्डी छात्र तर्फ तृतीय स्थान हासिल गर्ने विद्यार्थीमा रेशम बहादुर रावत, अभिषेक थापा, शिव वि क, हेमन्त सुनार, दिपेश के सी, दीपक विष्ट, गोपाल खड्का, टीकाराम वि क, भूपेन्द्र ढकाल, र विवेक चौधरी रहेका छन् । यसैगरी भलिबल तर्फ नवीन शाही, हरी खत्री, देव बहादुर वि क, विवेक थारु, निराजन बढुवाल, राहुल नेपाली, अनिप थारु, सेट वि क र सुरज राना रहेको समूहले प्रथम स्थान हासिल गरेको छ ।

एथलेटिक्स तर्फ ३ हजार १५ सय मीटर तर्फ विनायक थारुले प्रथम स्थान हासिल गरेका छन् भने सोही दौडमा प्रियंका मगरले द्वितीय स्थान हासिल गरेकी छन् । यसैगरी ८ सय र ४ सय मीटर दौडमा प्रथम स्थान दुर्गा वि कले प्राप्त गरेकी छन् भने सोही दुरीको दौडमा राजन थारुले द्वितीय स्थान हासिल गरेका छन् । २ सय र १ सय मीटरमा दौडमा छात्र तर्फ कक्षा १० का विद्यार्थी भरत परियारले द्वितीय स्थान हासिल गरेका छन् भने १ सय मीटर दौडमा सोही कक्षाकी छात्रा ऋतुनाथ योगीले द्वितीय र २ सय मीटर दौडमा प्रथम स्थान हासिल गरेकी छन् ।

एथलेटिक्सको फिल्ड इभेन्ट तर्फ सट पुट छात्र तर्फ कक्षा १२ का सन्तोष चौधरीले प्रथम स्थान र छात्रा तर्फ कक्षा १२ कै निशा थारुले तृतीय स्थान हासिल गरेका छन् । ज्यवलान थ्रो तर्फ सन्तोष चौधरीले द्वितीय स्थान हासिल गरेका छन् । हाइजम्प तर्फ कक्षा १२ का छात्र भरत परियार र सोही कक्षाकी छात्रा दुर्गा वि कले प्रथम स्थान हासिल गरेका छन् । लङ जम्प र त्रिपाल जम्प दुवै तर्फ कक्षा १२ का रुपेश थारुले छात्र तर्फ प्रथम स्थान हासिल गरेका छन् भने कक्षा १० कि ऋतुनाथ योगीले ट्रिपल जम्प तर्फ प्रथम स्थान हासिल गरेकी छन् ।

यसैगरी १००x४ र ४००x४ रिले छात्र छात्रा दुवै तर्फ नेरा मावि लक्ष्मणपुले प्रथम स्थान हासिल गरेको छ । एथलेटिक्सको छात्रा तर्फ कक्षा १० कि विद्यार्थी दुर्गा वि क उत्कृष्ट खेलाडी घोषित भएकी छन् । नेरा मावि लक्ष्मणपुर खेलकुद क्षेत्रमा मात्रै नभएर शैक्षिक गुणस्तरमा पनि बर्सेनी राम्रो बन्दै गरेको छ ।

पढाईमा कमजोर र अनुशासन बाहिरका विद्यार्थीलाई पनि खेलकुदको माध्यमद्वारा अनुशासित बनाई पढाईमा प्रगति गर्दै गएका धेरै उदारण रहेको विद्यालयले जनाएको छ । विद्यालयमा प्रधानाध्यापकको रुपमा अर्जुन प्रसाद तिवारी लक्ष्मणपुरमा आए सँगै शैक्षिक तथा खेलकुद क्षेत्रमा विद्यालयले ठुलो छलाङ्ग मारेको स्थानियहरुको भनाई छ ।