कोहलपुर नगरपालिकाको अनुरोध !

पौष २८ गते यता कोहलपुर नगरपालिकाको वडा नं २ , ४, ११, १४ मा क्रमश १, ३, १, १ गरि ६ जना दादुराका बिरामीहरु देखा परेकोले रोगलाई फैलन नदिन १५ वटै वडा तथा स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीहरुलाई समुदायमा समेत पुगि बिरामी समयमै पत्ता लगाई सबै स्वास्थ्य संस्थाहरुमा निशुल्क उपचारको ब्यवस्था मिलाईएको आदणिय नगरबासीहरुमा अनुरोध छ ।

साथै कोहलपुर नगरपालिकाका १५ वटै वडाका ६ महिना देखि १५ बर्ष मुनिका अनुमानित २६,१४२ जना बालबालिकाहरुलाई प्रत्येका वडाका खोप केन्द्रहरुमा १३२ वटा खोप केन्द्र संचालन गरि यहि माघ ११ गते बाट १६ गते सम्म दादुरा बिरुद्धको खोप सेवा प्रदान गर्ने ब्यवस्था मिलाईएको ले आफना घरका सो उमेर समुहका सबै बालबालिकाहरुलाई नजिकको खोप केन्द्रमा लिई दादुरा रुबेला बिरुद्धको खोप सेवा लिई दादुरा–रुबेला रोगलाग्न बाट बचाउन हुन अनुरोध छ । साथै आफनो घरका बालबालिकाहरुमा तलका मध्य कुनै पनि लक्षण देखा परेमा तुरुन्त आफनो वडाको स्वास्थ्य संस्थामा लिई स्वास्थ्य जाँच गराउन हुन अनुरोध छ ।

– ज्वरो आउनु
– शरिरमा विमिरा, डावर आउनु
– आँखा रातो देखिनु
– खोकी लाग्नु नाकबाट सिगान बग्नु

दादुरा रोगबाट बच्ने उपायहरु:-

१) शंकास्पद विरामीहरुको लक्षण देखा परेमा नजिकको स्वास्थ्य संस्थामा संम्पर्क गर्ने ।
२) ९ महिना र १५ महिनाका बच्चाहरुलाई समयमानै दादुरा–रुबेला मिश्रित २ मात्रा खोप अनिवार्य लगाएमा यो रोगबाट बचाउन सकिन्छ ।
३) ५ बर्ष मुनि बालबालिकाहरु दादुरा–रुबेला खोप लगाउन छुट भएमा नजिकको स्वास्थ्य संस्थामा खोप लगाउने ।
४) दादुरा रुबेला भएको विरामीलाई अरु बालबालिकाको संम्पर्कबाट टाढा राख्ने, मास्क लगाउने, सरसफाईमा ध्यान दिने ।
५) ६ महिना देखि ५ बर्ष सम्मका बालबालिकाहरुलाई बर्षको २ पटक बैशाख र कार्तिक महिनामा भिटामिन ए क्याप्सुल खुवाउने ।
६) वालबालिकाहरुलाई कुपोषण हुनबाट बचाउन पोषिलो खानेकुराहरु खुवाउने ।
७) कोहलपुर नगरपालिकाकाबाट मिति २०७९ माघ ११ देखि १६ गते सम्म संचालन हुने दादुरा बिरुद्धको खोप अभियानमा आफनो घरका ६ महिना देखि १५ बर्ष मुनिका बालबालिकाहरुलाई थप १ मात्रा दादुरा खोप लगाउने ।

Adv.