कोहलपुर १२ मा श्री मद भागवत धनधान्यन्चल महायज्ञ सुरू

कृष्ण कुमार शाहीकोहलपुर

बाँकेकाे कोहलपुर नगरपालिका-१२ मसुरी खेतमा महायज्ञ सुरू भएकाे छ । श्री कारेश्वर मन्दिरको भौतिक संरचना निर्माणार्थ संचालित श्रीमद भागवत सप्ताह धनधान्यन्चल ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवको आयोजना गरिएको छ ।

ॐ वैद्दिक सनातन धर्म सेवा समिति काठमाडौ र मन्दिर संचालक समिती मसुरी खेतको संयुक्त आयोजनामा महायज्ञ गरिएको महायज्ञ सन्चालन समिति एवम् मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भिम खरेलले जानकारी दिए ।

महायज्ञको उदघाटन तथा कलश यात्रा २०७९ पौष २५ गते गरिएको थियो ।  कलश यात्रा मन्दिर परिक्रम गरि दिपज्योती टोल हुँदै चपरगौडी कोहलपुरको चौराह साझा चाेक हुँदै महायज्ञ स्थलमा आई पुगेको थियो ।

कार्यक्रमको प्रमुख अतिथी प्रदेश सभा सदस्य माननीय दुर्गा प्रसाद थारु, विशिस्ट अतिथिहरु प्रदेश सभा सदस्य सन्जु थारु, वाचक पन्डित श्री रामचन्द्र तिमिल्सिना, उप वाचकहरु द्वय विस्णु प्रसाद तिमिल्सिना, हरिचन्द्र चन्द्र लगायतको उपस्थित रहेको प्रचार प्रसार उप समितिका संयोजक सुरेन्द्र सापकोटाले जानकारी दिए ।

कार्यक्रममा विमला वि क बाबुराम भट्टराईले दिएका थिए । उक्त कार्यक्रममा रास्टिय कलाकारहरु संयोजक अशोक गौतम, वरिष्ठ भजन गायक कमल थापा, रमेश राई, छम्मन ओल, अर्जुन लिम्बू, निरन्जन अधिकारी, टंक आचार्य श्याम पौडेलको समुह द्वारा भजन कृतनबाट दर्शालुहरु लाई नचाउने र धर्म कर्म प्रतिको आस्था जगाउने गरेको एकराज शर्माले जानकारी दिए। सुरु देखि हाल सम्म १४३ जनाले दान गरेका छ्न । शिलालेखमा हाल सम्म ७ जनाले नाम लेखाउन सफल भएका छ्न । पांचौ दिनमा कोहलपुर -१२ निवासी रोमलाल भट्टराईले २०,०५५ दान दिएका छन ।

अर्का दाता उक्त वडाकै ज्ञान बहादुर खत्रीले १७१५५ र अर्का दानी १५००५ वेगम चन्द र जनक चन्दकि पुजनिय माता प्रेम कुमारी चन्दले गरेको अध्यक्ष खरेलले जानकारी दिए । उक्त महायज्ञको लागि ९ जनाको मुल आयोजक समिति तथा ९ वटा उपसमिति निर्माण गरिएको छ । जसमा मन्डव व्यवस्थापन उप समितिमा लिलाम भट्टराई, टोल समिति संयोजकमा लोकेन्द्र चन्द लगायतको टिम रहेको वाचक पन्डित रामचन्द्र तिमिल्सिनाले वताए ।

साथै उक्त महायज्ञ सन्चालनको मिडिया प्रचार प्रसारमा कोहलपुर टुडेलाई दिईएको छ । उक्त महायज्ञमा शिलालेख लेख्नका लागि १०००१ माथी दान गर्न सकिन्छ । उक्त महायज्ञमा १००० सम्मको दान लाई नाम वाचन सहित टीका प्रसाद, १००१ देखि ३५०० सम्म प्रमाणपत्र र माथिको सबै, ३५०१ देखि १०००० सम्म चक्लेटी फ्रेममा प्रमाणपत्र र रामनामीले सम्मान र माथिको सबै, १०००१ देखि २०००० सम्म गोल्डेन फ्रेममा प्रमाणपत्र सहित माथिको सबै ३५००० देखि ५०००० सम्म डब्ल कभर सहितको फ्रेममा प्रमाणपत्र सहित फुल माला सहित मन्दिर परिक्रमा र सो भन्दा माथी माथिका सबै सहित कोहलपुर चौराह परिक्रमा पन्चेवाजा सहित सम्मान गर्ने कार्यक्रम रहेको खरेलले जानकारी दिए ।

उक्त महायज्ञमा तुलादान, चौरासी पुजा ब्रतबन्ध , पुजा आजा पनि निश्चित पैसा तिरेर गर्न सकिने वताए । जसमा क्रमश ११ हजार, ८००० र ५००० रकम दान दिएमा गर्न सकिने मुल आयोजक समितिका सदस्य सुरेन्द्र सापकोटाले जानकारी दिए ।