प्रदेश १ मा कार्की र गण्डकीमा अधिकारीले पाए विश्वासको मत




काठमाण्डाै ।

प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत पाएका छन् । प्रदेश १ को प्रदेश सभामा कार्कीको पक्षमा ५९ मत र विपक्षमा ३२ मत खसेको हो ।

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारले विश्वासको मत पाएका छन् । शुक्रबार प्रस्तुत प्रस्ताव माथिकाे मतदानमा उनले ३१ मत पाउँदा विपक्षमा २७ मत परेको छ । एमालेका अधिकारीलाई माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गरेका छन् ।

 ६० सदस्यीय प्रदेशसभामा कांग्रेस २७, एमाले २२, माओवादी ८, राप्रपा २ र स्वतन्त्र १ सांसद छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ पुस २९ गते शुक्रबार