नेपालगन्जकाे लुम्बिनी गार्मेन उद्योग आगलागी, ४ करोड बढि क्षेति

काेहलपुर ।

बाँकेकाे नेपालगञ्ज-२  घरवारी टालमा रहेकाे लुम्बिनी गार्मेन उद्योग आगलागी भएकाे छ । गएराती २ बजेतिर आगलागी भएकाे जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।

काेहलपुर टुडेलाइ टेलिफाेनमा  कुराकानी गर्दै लुम्बिनी गार्मेन उद्योगका मालिक कालिमिया कस्मिराका अनुसार करिब ४ कराेड बराबरकाे क्षेती भएकाे बताएका छन् ।

प्रहरीका अनुसार विजुलि सट भएर आगलागी भएकाे अनुमान गरिएकाे छ तर अहिले आगो नियन्त्रण लिएको र मानवीय क्षेति नभएको बताए ।