कोहलपुर नगरपालिकाले दाउरा खरिद गर्ने निर्णय

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले दाउरा खरिद गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको विपद् तथा व्यवस्थापन समितिकी संयोजक पवित्रा कुमारी थारुको संयोजकत्वमा बसेको बैंठकले कोहलपुरमा दाउरा खरिद गर्ने निर्णय गरेको बताएकी छिन् ।

बाँकेमा हिजो मंगलबारदेखि ह्वात्तै चिसो बढेपछि निम्न वर्गका परिवार, बालबालिका, मुक्तकमैया, सीमान्तकृत समुदाय र ज्येष्ठ नागरिकलाई समस्या हुन थालेपछि यस्तो निर्णय गरेको संयोजक थारुले कोहलपुर टुडेलाई जानकारी दिइन् ।

उनका अनुसार दाउरा खरिद गर्ने मात्र निर्णय भएको तर कति खरिद गर्ने भन्ने बारे निर्णय भएको छैन । वडा अध्यक्षमार्फत दाउरा वितरण गर्नेे भनी निर्णय भएको संयोजक थारुले बताइन् । बाक्लो हुस्सुका कारण बाँकेमा दुई दिनदेखि घाम लाग्न सकेको छैन ।

हुस्सु लागेसंगै शीतलहर चलिरहेकाले जनजिवन थप प्रभावित बनेको छ । चसो बढेसंगै बालबालिकाहरुलाई विद्यालय जान समेत समस्या हुन थालेको छ ।

नेपालगञ्ज रांझा बिमानस्थलबाट हिमाली तथा पहाडि जिल्लामा हुने नियमित उडान समेत प्रभावित भएको छ । चिसोबाट जोगिनका लागि मान्छेहरु सडकका छेउछाउ लगायत विभिन्न ठाउँमा आगो ताप्न थालेका छन् ।