कोहलपुर ११ मा आँखा र कान शिविर, ४ सय बढि जना लाभान्वित

कोहलपुर ।

कोहलपुर नगरपालिका-११ मा भएको आँखा र कान शिविरबाट ४ सय ३६ जनाले सेवा लिएका छन् । मंगलबार कोहलपुर नगरपालिका वडा नं. ११ कार्यालयको सहकार्य, समाज सेवा संस्था नेपालको आयोजना, व्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र र भिजन आँखा अस्पतालको प्राविधिक सहयोगमा कार्यक्रमको आयोजना गरिएको
हो ।

यस्तै समाज सेवा संस्था नेपालका अध्यक्ष विनोद थापाले १५ वटै वडामा आँखा र कान शिविर सञ्चालन गरिरहेको बताए । उनका अनुसार २, ३, ४, ५, ६, ७, ,८, ११ र १४ वडामा शिविर सञ्चालन गरिसकेका छौं । थापाका अनुसार शिविरबाट चेकजाँच गरी समस्या देखिएका र अप्रेशन गर्नुपर्ने देखिएका विरामीहरुलाई ६५ प्रतिशत छुटमा उपचार गरिने व्यवस्था समेत गरेको संस्थाका अध्यक्ष थापाले बताए ।

शिविरमा २ सय ६८ जनाले आँखा चेकजाँच गराएका थिए भने जसमा २२ जनाको अप्रेशन गर्नुेपर्ने देखिएको छ । १६८ जनाले कानको चेकजाँच गराएका थिए भने जसमा ७ जनाले अप्रेशन गर्नुपर्ने देखिएको संस्थाका अध्यक्ष थापाले बताउनुभयो । शिविरमा भिजन अस्पताल र व्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रका डाक्टरहरुले चेकजाँच गरेका थिए ।

कोहलपुर नगरपालिका वडा नं. ११ का वडा सदस्यहरुले सहजिकरण गर्नुभएको थियो । भिजन अस्पताल र व्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रका डाक्टरहरुले आँखा तेजिलो बनाउन घरेलु उपचार पनि गर्न सकिन्छ । जसका लागि राति अमला भिजायर कपासको मदतले आँखामा दुई थोपा हाल्ने, अनिदो नबस्ने, भटमासका परिकार खाने, गेडागुडीको टुसा उमारेर बिहानको नास्तामा खाने र पल्टियर लामो समय सम्म टिभि नहेर्ने जस्ता सुझाव दिएका थिए ।