सल्यान ।
सल्यानमा एक प्रहरी जवान मृत अबस्थामा फेला परेका छ्न। ईप्रका श्रीनगरमा कार्यरत प्रहरि जवान पवन केसि मृत फेला परेका हुन।
ईप्रका श्रीनगरको कार्यालय नजिकै भगवती खोला जाने नालामा पोशाक लगाएकै अबस्थामा केसिको शब भेटिएको हो। गएराती १० बजेदेखि २ बजेसम्म ईप्रका श्रीनगरको मेनगेटमा डिउटिमा रहेका केसि आज बिहान मृत अबस्थामा फेला परेको प्रहरिले बताएको छ।
आज बिहान स्थानीय एक महिलाले शब देखेपछी प्रहरीलाई खबर गरेकि थिईन। मृतक प्रहरी जवान केसि पश्चिम् रुकुमको मुसिकोट-१३ छिवाङका हुन।
घटनाबारे अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए। अहिले घटनास्थलमा सल्यानका प्रहरी प्रमुख डिएसपी सुमित खड्का पुगेको छ्न। थप अनुसन्धान भैरहेेकाे सल्यानका प्रहरी प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्