सप्तरीमा ट्याक्टरबाट खसेर १ जनाको मृत्यु




काठमाडौं ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका–३, तरहीमा ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ ।

हिजो बेलुका करिब सवा ८ बजे धान बोकेको स१त २१५९ नम्बरको ट्याक्टरबाट स्थानीय ४५ वर्षीय चन्द्र मुखिया खसेका थिए । उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनापश्चात् फरार रहेका चालकको खोजी जारी रहेको प्रहरीचौकी तरहीले जनाएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर १२ गते सोमबार