सप्तरीमा ट्याक्टरबाट खसेर १ जनाको मृत्यु

काठमाडौं ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका–३, तरहीमा ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ ।

हिजो बेलुका करिब सवा ८ बजे धान बोकेको स१त २१५९ नम्बरको ट्याक्टरबाट स्थानीय ४५ वर्षीय चन्द्र मुखिया खसेका थिए । उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनापश्चात् फरार रहेका चालकको खोजी जारी रहेको प्रहरीचौकी तरहीले जनाएको छ ।