स्व. श्याम थापा स्मृती फूटबल प्रतियोगिताको तयारी शुरु

काेहलपुर ।

स्व.श्याम थापा स्मृती फूटबल प्रतियोगिताको दोस्रो संस्करणको तयारी शुरु हुने भएको छ। खजुरा गाउँपालिका -१ सैनिक मैटहवा उच्च मा. बिको खेल मैदानमा हुनेछ।

पश्चिम नेपालको चर्चित फूटबल खेलाडी श्याम थापा “हुइया” को सम्झनामा उनको गृह क्लब जय किसान स्पोर्ट्स क्लब सैनिकले दोस्रो स्व. श्याम थापा नकआउट फूटबल प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिता पुसको पहिलो साता देखि गर्ने तयारी भइरहेको क्लबका महासचिब दीपक रानाले जानकारी दिए । उनले भने-` प्रतियोगिता गर्ने निश्चित भएको छ । मिति र पुरस्कार राशीको घोषणा भने केहि दिनमा टुंगो लाग्ने छ ।´ प्रतियोगिता पुसको पहिलो साता नै गर्ने आन्तरिक तयारी भइरहेको रानाले बताए।

प्रतियोगितामा बाँके जिल्लाका १० वटा क्लब , मित्र रास्ट्र भारत लखनउबाट २ वटा क्लब, धनगढी , बर्दिया , सुर्खेत जुम्ला , दाङ्ग र यसपाली नयाँ २ ओटा क्लब सिमरा र रुपन्देही -११ सहभागी हुने पक्का पक्की भएको छ।

प्रतियोगिताको मुख्य प्रायोजक बाँके-बर्दिया मैत्री समाज जापान रहेको छ।यसैगरि प्रतियोगितालाई सफल बनाउन बिदेशमा रहनु भएका खजुरा गाउँपालिकाका युवाहरुले आर्थिक सहयोग गर्ने छ्न।

पहिलो संस्करणको प्रतियोगितामा पनि मुख्य प्रायोजक बाँके-बर्दिया मैत्री समाज जापान रहेको थियो भने आर्थिक सहयोग पनि प्रदेशिहरुले गरेका थिए ।

स्थानीय खेलाडीहरुको उत्पादन गर्ने र फूटबल खेलप्रति युवाहरूको आकर्षक बढाउन आयोजना गरिएको प्रतियोगितालाई आफुहरुले सहयोग गर्दै आएको बाँके-बर्दिया मैत्री समाज जापानका संरक्षक सुशील मल्लले जानकारी दिए ।

गोल नेपाल डट कमबाट प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्ने तयारी छ ।