कोहलपुर ।
बाँकेको खुजुरा गाउँपालिका-८ रनियापुरबाट गाईको मासु सहित अटो पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धनौलीले गाईको मासु सहित अटो पक्राउ गरेको जानकारी दिएको छ । प्रहरीका अनुसार बैजानाथ गाउँपालिका-८ बाट अटो रिक्सामा लोड गरिएको बोरामा राखिएको मासुलाई बरामत भएको हो ।
इप्र्रका धनौलीका प्रमुख प्रेम प्रसाद रेग्मीले करिब ६ क्वन्टिल बराबरको १३ वटा बोरामा बोनलेस छाला र मासु बरामत खाल्टोमा खनेर नष्ट गरेको बताए ।
उनका अनुसार गाईको मासु हो या होइन भनेर ल्याव परिक्षणको लागि ल्यावमा पठाईएको छ भने भे १ ह ५३८५ नम्बरको अटो समेत नियन्त्रणमा लिई अनुसन्धान भइरहेको रेग्मीले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्