Kohalpur Today Header Ads

बाँके १ मा सुर्य ढकाल ५ हजार ३ सय ९४ मतान्तरले विजयी




नेकपा एमालेका केन्द्रिय सदस्य सुर्य ढकाल बाँकेको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका छन् ।

एमाले उम्मेदवार ढकालले २५ हजार २६ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका उम्मेदवार महेश्वरजंग गहतराज अथकले १९ हजार ६ सय ३२ मत ल्याएका छन् । ढकाल ५ हजार ३ सय ९४ मतान्तरले विजयी भएका हुन् ।

यस्तै नागरिक उन्मुक्ती पार्टीका सुरेशकुमार चौधरीले ११ हजार ४ सय ६५ मत प्राप्त गरी तेस्रो स्थानमा प्राप्त गरेका छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबाबु काफ्लेले १० हजार ७१ मत ल्याएका छन् ।

LIfe Ok

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ८ गते बिहीबार