विराटनगर मा २ वर्षे बालकको डुबेर एक नाबालकको मृत्यु

विराटनगर ।
मोरङको पथरीशनिश्चरे नगरपालिका–३ मा बाल्टीको पानीमा डुबेर एक नाबालकको मृत्यु भएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दिपक श्रेष्ठका अनुसार सन्तोष राईका २ वर्षीय छोरा यश राईको बाल्टीमा भरेको पानीमा डुबेर बिहीबार बिहान मृत्यु भएको हो ।

बालकलाई घर नजिकको कलमा प्लाष्टिकको बाल्टीमा भरेर राखिएको पानीमा डुबेको अवस्थामा फेला पारिएको थियो ।

खेल्ने क्रममा डुबेर गम्भीर भएका उनलाई विराटनगरको नोबेल शिक्षण अस्पताल पुर्‍याइए पनि साढे ११ बजे अस्पतालले मृत घोषणा गरेको थियो ।