कोहलपुरमा भोली रास्वपाका केन्द्रिय सभापति रवि लामिछाने आउँदै




कोहलपुर ।

बाँकेको कोहलपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रवि लामिछाने कोहलपुर आउने भएका छन् ।

आगामी मंसिर ४ गते हुन गइरहेकोे संघ र प्रदेशको निर्वाचनको कार्यक्रमलाई सम्बोधन गर्न भोली राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रवि लामिछाने कोहलपुर आउने भएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कोहलपुर नगर सचिव भरत पनेरुका अनुसार भोली (२० गते) दिउँसो २ः३० बजेको समयमा कोहलपुर न्यूरोडमा कार्यक्रम भएकोले बाँके बासी सबैलाई उपस्थितिका लागि अनुरोध गरेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक १९ गते शनिबार