कोहलपुर मेडिकल कलेजमा तनावग्रस्त

कोहलपुर ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा अहिले तनावग्रस्त स्थिति पैदा भएको छ ।

शुक्रबार राती कोहलपुर नगरपालिका १ कोशिलानगर वर्ष ३२ की पासाङ सेर्पाको डाक्टरहरुको लापरवाहीका कारणले गर्दा मृत्यु भएको भन्दै आफ्न्तहरुले आन्दोलन गर्दा तनावग्रस्त भएको हो ।

शुक्रबार बिहान १० वजे अस्पतालमा सामान्य हिड्दै आएकी उनको अप्रेशन गर्दा मुत्यु भएपछि आफ्न्तहरुले अहिले तनावग्रस्त गरेका हुन् । तीन दर्जन भन्दा बढि प्रहरी परिचालन गरेको छ भने लठ्ठी चार्ज समेत गरेको छ ।

मृतका आफ्न्त अशोक परियारले हामीलाई न्याय चाहिएको हो प्रहरीले दमन होइन । अप्रेशन गर्दा पहिले राम्रो छ थियो, एक्कासी फेरी अवस्था गम्भिर भयो भन्दै रगत माग्यो । हामीले ९ पोका रगत समेत उपलब्ध गरायौं परियारले भने ।

अहिले ३ जना भन्दा बढिलाई प्रहरीले लाठ्ठी चार्ज गरिसकेको छ त्यसको विरुद्धमा थप आन्दोलन हुने उनको चेतावनी दिएका छन् । अहिले आफ्न्तहरुले अस्पताल प्रशासनको विरुद्ध नाराबाजी गरिरहेका छन् ।