कोहलपुर ।
आगामी मंसिर ४ गते हुन गइरहेको संघ र प्रदेशको निर्वाचनका लागि मैदानमा उत्रिएको बाम गठबन्धनका उम्मेदवार नै विकासशिल रहेको मतदाताले बताएका छन् । शुक्रबार कोहलपुरका १२ र १३ मा घरदैलो अभियानमा पुगेका बाम गठबन्धनका उम्मेदवारहरुलाई मतदाताले यस्तो बताएका हुन् ।
‘विकास र समृद्धिको आश भनेकै बाम गठबन्धनका उम्मेदवार हुन्’ कोहलपुर १२ का मतदाता टेक बहादुर चन्दले भने, अहिले नेताहरुप्रति मतदाताहरुको निकै विष्तृणा पैदा गरेको छ । त्यसलाई न्यूनिकरण गरी बाटोघाटो, सडक, बक्ति, खानेपानी जस्ता समस्याहरुलाई समाधान गर्न बाम गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने भन्दै चन्द उत्साहित थिए ।
यस्तै कोहलपुर १३ का मतदाता ढोडिया थरुनीले जनताका समस्या पहिलेभन्दा अहिले निकै सहज र सरल भएको बताएकी थिइन् । ‘१३ नम्बर वडामा कृषि र पशुपालनमा पकेट क्षेत्रको रुपमा विकास गर्नुपर्नेछ’ उनले भनिन्, ‘कहिले काँही मौसमी र बेमौसमी तरकारीहरु उत्पादन हुन्छ तर बजारसम्म पुग्दा कम रकममा बेच्नुपर्ने समस्या छ ।’ जसले गर्दा किसान मर्कामा परिरहेको थरुनीले बताइन् । उनी करिब २० मिनेट घरदैलो अभियानमा गएकी उनले आफ्नो समस्या राख्दै समस्यामा समाधान हुने भएपनि बाम गठबन्धनका उम्मेदवारका लागि भोट समेत मागेकी थिइन् ।
यस्तै बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार महेश्वरजंग गहतराज (अथक) र प्रदेश सभा सदस्य पदका उम्मेदवार फुलाराम थारुले घरदैलो कार्यक्रममा आफुले गरेका काम र आगामी ५ वर्षसम्म के के काम गर्ने भन्ने बारेमा चर्चा गरेका थिए । जनताको समस्या र समाधानका गठबन्धन अपरिहार्य रहको भन्दै मतदान गरी गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे । चप्परगौडीदेखि रोहिनी खोला, सिम्ररी हुँदै भरैयासम्म घरदैलोे कार्यक्रम गरिएको थियो ।
घरदैलो कार्यक्रममा नेकपा (माओवादी केन्द्र) को केन्द्रिय कमिटिका समस्य नरेन्द्र न्यौपाने, नेपाली काँग्रेसका नेता तथा बाम गठबन्धनका संयुक्त निर्वाचन परिचालन कमिटिका संयोजक बलराम शर्मा, नेकपा (माओववादी केन्द्र)का प्रदेश कमिटि सदस्य दामोदर अधिकारी, अविरल खड्का, नरेन्द्र पाण्डे जेम्स लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।
बाँके निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधि सभामा महेश्वर जंग गहतराज (अथक) गोलाकार भित्रको हसिया हथौडा, प्रदेश सभा १ (क) मा कृष्णा केसी (नमुना) गोलाकार भित्रको हँसिया हथौडा र १ (ख) मा फुलाराम थारु रुख चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन् ।
प्रतिक्रिया दिनुहोस्