Kohalpur Today Header Ads

दुई किशोरी बलात्कारको आरोपमा ९ जना पक्राउ




तिलोत्तमा ।

दुई किशोरी बलात्कारको आरोपमा प्रहरीले रुपन्देहीबाट ९ जनालाई पक्राउ गरेको छ । बुधबार राति सवा १ बजेतरि १५ र १६ वर्षका किशोरीलाई बलात्कार गरेको आरोपमा बिहीबार उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।

१५ वर्षीया बालिकाको बलात्कार गरेको आरोपमा सैनामैना नगरपालिका १० बस्ने वर्ष १८ का बबि पाण्डे, वर्ष २६ का रामबहादुर बिकलगायत ५ जना पक्राउ परेका छन् ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

त्यस्तै १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने सैनामैना ११ बनकट्टि बस्ने वर्ष १९ का पदम कार्की, गैडहवा गाउँपालिका ८ बस्ने वर्ष १८ को राहुल परियार लगायतका थप २ जना प्रतिवादीहरुलाई पक्राउ गरिएको उनले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

कञ्चन गाउँपालिका २ गोफ्लापुरस्थित बाटोमा हिँड्दै गरेका किशोरीलाई ११/१२ जनाको समूहका मानिसहरुले अपहरण गरी जंगल तथा खोला किनारमा लगी जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रुद्रपुर, सुर्यपुरा र सालझण्डी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा पक्राउ गरेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक १७ गते बिहीबार