काठमाडौं । नेकपा माओवादी केन्द्रले आइतवारबाट शुरु हुने राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा लैजाने भएको छ । पार्टी स्थायी कमिटी बैठकपछि नेपाल प्रेससँग कुरा गर्दै प्रवक्ता कृष्णवहादुर महराले राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भएको बताए ।
शनिवार साँझ बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई नै महाधिवेशन भन्ने र सोही अनुसार अघि बढ्ने निर्णय गरेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले नेपाल प्रेसलाई बताए ।
ऐतिहासिक महाधिवेशन नामाकरण गरिए पनि यसलाई कुन महाधिवेशन भन्ने टुंगो लागेको छैन । माओवादीको केन्द्रीय कमिटी बैठक आइतवार विहान ८ बजे बस्दैछ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्