Kohalpur Today Header Ads

जनतालाई झुटो आश्वासन नदिऔं : राठौंर




काेहलपुर ।

बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार किशोरसिंह राठौंरले घरदैलोका क्रममा जनतालाई झुटो आश्वासन नदिन कांग्रेसका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । बाँकेको बैजनाथमा बुधबार आयोजित भेलालाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

‘हामीले चुनाव जितेपछि गर्न सक्ने काम मात्रै जनतालाई भन्ने हो, गर्न नसक्ने झुटो आश्वासन दिने होईन,’ राठौंरले भने ‘कांग्रेसले अहिलेसम्म जनतालाई झुटो आश्वासन दिएको छैन, अब पनि जनतालाई झुटो र उधारो आश्वासन दिदैन ।’ गठबन्धनले जितेपछि बाँके क्षेत्र नम्बर ३ मात्र नभएर सिंगो मुलुकको समृद्धि र विकास हुने कांग्रेस सह–महामन्त्री राठौरले बताए ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

सो क्रममा आफ्ना सुझाव दिदै उपस्थित कांग्रेसका नेता, कार्यकर्ताले आफुहरु टोल टोलमा परिचालित भएर गठबन्धनका उम्मेदवारलाई जिताउन सक्रिय हुने प्रतिवद्धता जनाए । कांग्रेस लगायत गठबन्धनका उम्मेदवारको पक्षमा अहिले मतदाताहरु सकारात्मक रहेको उनीहरुको भनाई थियो । नेपाली कांग्रेसका नेतादेखी कार्यकर्ता एक ढिक्का भएर चुनावमा होमिनुपर्ने अधिकांसको सुझाव थियो ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक १६ गते बुधबार