बाँके क्षेत्र नं. १ मा गठबन्धनका उम्मेदवार जिताउन ४ हजार १ सय जनाको समिति गठन

कोहलपुर ।

आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनको लागि पाँच दलिय बाम लोकतान्त्रिक गठबन्धन बाँके क्षेत्र नं. १ मा ४१ सय जनाको निर्वाचन परिचालन समिति गठन गरेको छ ।

आज (बुधबार) कोहलपुर नगरपालिका-११ मा भएको क्षेत्रिय स्तरको भेलाले सचिवालय समिति र मुल समिति गठन गरेको छ । सचिवालय समितिमा १५ जना सदस्य र मुल समितिमा ४ हजार १ सय जना सदस्य रहेका छन् ।

सचिवालय समितिमा बाँके क्षेत्र नं. १ को संयोजकमा नरेन्द्र न्यौपाने रहेका छन् भने सह संयोजकमा पोषण केसी. मञ्जु कोइराला, जोक प्रसाद भण्डारी र बुध सुनार रहेका छन् । जसको सचिवमा जयश्वर पौडेल(सुमन) र चन्द्र प्रकाश शर्मा (अंकित) रहेका छन् ।

सो भेलामा उम्मेदवार लगायत नेपाली काँग्रेसका क्षेत्रिय सभापति पोषण केसी, अशोक कोइराला, अशोक रोकाय, तुल्सीराम सापकोटा, अब्दुल हुसेन खाँ, पवित्रा रोकाय, दामोदर अधिकारी लगायत सहभागिता रहेको थियो ।