‘विकास र समृद्धिका लागि गठबन्धले जित्नैपर्छ’

गम बहादुर डाँगर, जानकी ।

जानकी गाउँपालिकाको विकास र समृद्धिका लागि कांग्रेसहित पाँच दलिय गठबन्धनले जित्नैपर्ने नेपाली कांगे्रेसका केन्द्रिय सह–महामन्त्री एवम् बाँके प्रतिनिधी सभा क्षेत्र नम्बर ३ का उम्मेदवार किशोरसिंह राठौरले बताएका छन् ।

शनिबार जानकी गाउँपालिका वडा नम्बर ३ मा बाँकेको क्षेत्र नम्बर ३ अन्र्तगत प्रदेश सभा–३ ‘ख’ को प्रचारप्रसार कार्यालय स्थापना कार्यक्रममा बोल्दै राठौरले यस्तो बताएका हुन् ।

पालिकामा स्थानीय सरकारको नेतृत्व नेपाली काँग्रेसका जनप्रतिनिधिले गरिरहेको अवस्थामा आसन्न निर्वाचनबाट प्रदेश र प्रतिनिधि सभामा पनि नेपाली कांग्रेससहितको गठबन्धनलाई जिताउनुपर्ने र शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार, बेरोजगारी समस्या समाधान र समग विकास निर्माणका लागि काम गर्ने राठौरले प्रतिवद्धता गरे ।

यस्तै प्रदेश सभा–३ ’ख’ का उम्मेदवार बादशाह कुर्मी, उक्त कार्यक्रममा जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ, खजुरा गाउँपालिका अध्यक्ष एवम् नेकपा माओवादी केन्द्र बाँकेका संयोजक डम्बर बिक (तुफान), कांग्रेस जानकी गाउँपालिका सभापति दयाराम यादव, माओवादी केन्द्रका नेता रक्षाराम कुर्मी, क्षेत्र नं. ३ (ख) नेपाली काँग्रेसका सभापति राजेन्द्र प्रसाद आचार्य, जानकी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष टिकानाथ यादव लगायतले आफ्नो भनाई राखेका थिए ।

उक्त कार्यक्रममा गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी, राष्टिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।