कोहलपुर ।
कोहलपुर नगरपालिकामा आँखा र कान शिविर ४ हजार १ सय ७५ जनाले सेवा लिएका छन् । कोहलपुर नगरपालिकाका १५ वटै वडाको सहकार्य, समाज सेवा संस्था नेपालको आयोजना विनोज कान स्वास्थ्य स्याहार केन्द्र र भिजन आँखा अस्पतालको प्रविधिक सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो । शिविर असोज २६ गतेबाट गरिएको थियो ।
यस्तै वडा नं. १ मा १ सय २० जनाले आँखा र ७५ जनाले कानको सेवा लिएका थिए । जसमा आँखाको २५ जना र कानको १६ जनाले अप्रेशन गर्नुपर्ने देखिएको छ भने वडा नं. २ मा २ सय जनाले आँखा र ९५ जनाले कानको सेवा लिएका थिए । जसमा आँखाको २५ जना र कानको १८ जनाले अप्रेशन गर्नुपर्ने देखिएको छ ।
यस्तै वडा नं. ३ मा २ सय २५ जनाले आँखा र ८२ जनाले कानको सेवा लिएका थिए । जसमा आँखाको ३० जना र कानको ६ जनाले अप्रेशन गर्नुपर्ने देखिएको छ भने वडा नं. ४ मा १ सय १२ जनाले आँखा र ४० जनाले कानको सेवा लिएका थिए । जसमा आँखाको १७ जना र कानको ४ जनाले अप्रेशन गर्नुपर्ने देखिएको छ ।
यस्तै वडा नं. ५ मा २ सय ५१ जनाले आँखा र १ सय ७६ जनाले कानको सेवा लिएका थिए । जसमा आँखाका ३४ जना र कानका ७ जनाले अप्रेशन गर्नुपर्ने देखिएको छ भने वडा नं. ६ मा १३२ जनाले आँखा र ६८ जनाले कानको सेवा लिएका थिए । जसमा आँखाको २७ जना र कानको ५ जनाले अप्रेशन गर्नुपर्ने देखिएको छ ।
यस्तै वडा नं. ७ मा १ सय ७६ जनाले आँखा र ७१ जनाले कानको सेवा लिएका थिए । जसमा आँखाको ३१ जना र कानको ८ जनाले अप्रेशन गर्नुपर्ने देखिएको छ भने वडा नं. ८ मा १ सय ४९ जनाले आँखा र ८७ जनाले कानको सेवा लिएका थिए । जसमा आँखाका १६ जना र कानका ९ जनाले अप्रेशन गर्नुपर्ने देखिएको छ ।
यस्तै वडा नं.९ मा १ सय ४३ जनाले आँखा र ७४ जनाले कानको सेवा लिएका थिए । जसमा आँखाको १६ जना र कानको ६ जनाले अप्रेशन गर्नुपर्ने देखिएको छ भने वडा नं. १० मा १सय ६१ जनाले आँखा र ६६ जनाले कानको सेवा लिएका थिए । जसमा आँखाको २९ जना र कानका १५ जनाले अप्रेशन गर्नुपर्ने देखिएको छ ।
यस्तै वडा नं. ११ मा २ सय ६८ जनाले आँखा र १ सय ६८ जनाले कानको सेवा लिएका थिए । जसमा आँखाको २२ जना र कानको ७ जनाले अप्रेशन गर्नुपर्ने देखिएको छ भने वडा नं. १२ मा २ सय ४७ जनाले आँखा र १ सय ६८ जनाले कानको सेवा लिएका थिए । जसमा आँखाको २६ जना र कानको ७ जनाले अप्रेशन गर्नुपर्ने देखिएको छ ।
यस्तै वडा नं. १३ मा १ सय ३९ जनाले आँखा र १ सय १७ जनाले कानको सेवा लिएका थिए । जसमा आँखाको १९ जना र कानका ५ जनाले अप्रेशन गर्नुपर्ने देखिएको छ भने वडा नं. १४ मा १ सय ६७ जनाले आँखा र ८५ जनाले कानको सेवा लिएका थिए । जसमा आँखाको २७ जना र कानको ५ जनाले अप्रेशन गर्नुपर्ने देखिएको छ ।
यस्तै वडा नं. १५ मा २ सय ४ जनाले आँखा र १ सय ९ जनाले कानको सेवा लिएका थिए । जसमा आँखाको २७ जना र कानका ९ जनाले अप्रेशन गर्नुपर्ने देखिएको छ ।
यस्तै समाज सेवा संस्था नेपालका अध्यक्ष विनोद थापाले १५ वटै वडामा आँखा र कान शिविर सञ्चालन गरी जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एकल महिला, किशोरकिशोरी र बालबालिकाहरुले शिविरबाट सेवा लिएको बताए ।
थापाका अनुुसार शिविरबाट चेकजाँच गरी समस्या देखिएमा र अप्रेशन गर्नुपर्ने देखिएका विरामीहरुलाई ६५ प्रतिशत छुटमा उपचार गरिने व्यवस्था समेत मिलाइएको छ । शिविरमा भिजन अस्पताल र विनोज कान स्वास्थ्य स्याहार केन्द्रका डाक्टरहरुले चेकजाँच गरेका थिए ।
आँखा तेजिलो बनाउन घरेलु उपचार पनि गर्न सकिन्छ । जसका लागि राति अमला भिजायर कपासको मदतले आँखामा दुई थोपा हाल्ने, अनिदो नबस्ने, भटमासका परिकार खाने, गेडागुडीको टुसा उमारेर बिहानको नास्तामा खाने र पल्टियर लामो समय सम्म टिभि नहेर्ने जस्ता सुझाव दिएका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।














प्रतिक्रिया दिनुहोस्