Kohalpur Today Header Ads

नरैनापुर गाउँपालिका अध्यक्ष शाहको स्वास्थ्यमा क्रमिक सुधार




लखनऊ (भारत) 

बाँकेको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको छ ।

गत आइतबार मेडिकल कालेज नेपालगन्जबाट थप उपचारका लागि भारतको लखनऊको एपोलो हस्पिटलमा लगेर उपचार सुरु गरिएको थियो ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

उपचार सुरु गरेपछि उनको स्वास्थ्यमा प्रारम्भिक सुधार देखिएको सँगै रहेका उनका भतिज अफाकले जानकारी दिए । उनका अनुसार ‘औषधि र आवश्यक उपचारका कारण अहिले उहाँको स्वास्थ्यमा ७० प्रतिशतभन्दा बढी सुधार भइसकेको छ।

ज्वरो पनि घटेको छ।’ विशेष गरि एन्फ्लुयन्जा भएको प्रमाणित भएपछि थप उपचारका लागि मेडिकल कलेज नेपालगन्जका फिजिसियन डाक्टर आसिम केदवाइले रेफर गरेका थिए ।

उपचारमा संलग्न चिकित्सकले अध्यक्ष शाहको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको बताउँदै अझै एक दिन आइसियुमा राखेर उपचार गरिने जानकारी दिएको अध्यक्ष शाहको सचिवालयले जनाएको छ ।

एन्फ्लुयन्जा संक्रमण संगै निमुनिय संक्रमण भएपछि आइसियुमा राखेर आइतबारबाट लखनऊको एपोलो हस्पिटलमा उपचार सुरु गरिएको हो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असोज ३१ गते सोमबार