कक्षा १२ को नतिजा आज प्रकाशित हुँदै, यसरी हेर्न सकिन्छ

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि बोर्डले आज ३ः३० बजे बैठक बोलाइएको छ।

बोर्डले आज परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिएको छ। बोर्डले आजै मात्र मोबाइलमार्फत नतिजा हेर्न भनेर लिंक पनि सार्वजनिक गरेको छ।

कक्षा १२ को नतिजा नेपाल टेलिकमबाट प्राप्त गर्नको लागि Landline/Mobile बाट १६०१ डायल गरी निर्देशन अनुसार SYMBOL NUMBER थिच्नुहोस् वा SMS बाट NEB टाइप गरी १६०१ मा पठाउनुहोस्। https://neb.ntc.net.np/ बाट पनि नतिजा हेर्न सकिन्छ।