ऊँ केदोरेश्वर धाम बाँसगढीको अध्यक्षमा बास्तोला निर्वाचित

रावन विश्वकर्मा,

बिश्व प्रशिद्ध ऊँ केदारेश्वर धाम (ट्रष्ट) बाँसगढीको अध्यक्षमा कृष्ण प्रसाद बास्तोता निर्वाचित भएका छन । धामको नयाँ कार्य समितिको लागि बिहिबार भएको निर्वाचनबाट अध्यक्षमा बास्तोला बिजय भएका हुन । धामको कार्यवाहक अध्यक्ष समेत रहेका बास्तोलाले लिलाधर शर्मालाइ ४५ मत अन्तरले हराउदै बिजय भएका हुन । बास्तोलाले २ सय ३ मत ल्याउदा शर्माले १ सय ५८ मत ल्याएका थिए । धामको बरिष्ठ उपाध्यक्षमा देवकी नन्दन त्रिपाठीले २ सय ३ मत ल्याएर बिजय भएका छन भने प्रतिद्धन्दी फग्गवा थारुले १ सय ५६ मत ल्याएका थिए । महिला उपाध्यक्षमा प्रतिमा शर्मा पौडेल निर्वाचित भएकी छिन ।

उनले १ सय ७८ मत ल्याउदा शिव कुमारी सापकोटाले १ सय ७७ मत ल्याएर पराजित भएकी छिन । त्यस्तै खुल्ला उपाध्यक्षमा हरि पौडेलले विजय हासिल गरेका छन । उनले १ सय ८९ मत ल्याउदा प्रतिद्धन्दी नरहरी पौडेलले १ सय ६१ मत ल्याएका थिए । कोषाध्यक्षमा रामचन्द्र लामिछाने विजय भएका छन । लामिछानेले १ सय ९५ मत ल्याउदा उनका प्रतिद्धन्दी टेकराज तिमिल्सेनाले १ सय ५८ मत ल्याएका थिए । धामको सचिव पदका लागि टिकाराम बास्तोला र भक्तिराम अधिकारी विच चुनाबी प्रतिस्पर्धा हुदा बास्तोला १ सय ८८ मत प्राप्त गर्दै सचिवमा निर्वाचित भएका छन भने भक्तिराम अधिकारीले १ सय ६६ मत प्राप्त गरेका छन ।

केदारेश्व धामको लेखा समिति संयोजकमा गणेश बहादुर बिष्ट निर्वाचित भएका छन । बिष्टले निलकण्ठ शर्मालाई हराउर्दै लेखा समिति संयोजकमा निर्वाचित भएका हुन । विष्टले १ सय ७६ मत ल्याएका थिए भने शर्माले १ सय ७० मत ल्याएका थिए । त्यस्तै निर्वाचनबाट खुल्ला सदस्यमा रामचन्द्र अधिकारी, गोविन्द प्रसाद तिमिल्सीना, तिर्थराज पौडेल, देविलाल तिमिल्सीना, गोविन्द प्रसाद शर्मा, लोकराज पौडेल, दिलु पौडेल, युगराज अधिकारी, ढाकाराम ढकाल र घमान अधिकारी निर्वाचित भएका छ ।

महिला सदस्य तर्फ गायत्री पौडेल, सरिता न्यौपाने, मैना कुमारी धिताल, निरुता बुढा, कल्पना सुवेदी, अम्विका कुमारी ढकाल, मिना रिजाल क्षेत्री र सारदा कुमारी चौधरी निर्वाचित भएको निर्वाचन समितिका संयोजक निराजन चापागाँईले बताए । त्यस्तै महासचिवमा विष्णु प्रसाद पौडेल र लेखा समिति सदस्यमा कल्पना सापकोटा चयन भएका छन ।

४ सय २७ मतदाता रहेको धाममा ३ सय ६५ जनाले निर्वाचनमा मतदान गरेका थिए । बर्दियाको बाँसगढीमा अवस्थित प्रशिद्ध धामको समिति सर्वसम्मत चयन गर्नु पर्ने धाममा राजतिति गरिनु हुदैन भन्ने चौतर्फी बिरोधका भएको थियो । तर कार्य समितिको लागि सहमति नहुदा बास्तोला र शर्माको छुट्टा छुटै प्यानल चुनावि मैदानमा उत्रिएको थियो । मतदाताले दुबै प्यानलबाट आफुले रुचाएका उम्मेद्वारलाई जिताएका छन ।