कोहलपुर ।
नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजबादी) कोहलपुरको तेस्रो पूर्ण बैंठकबाट अध्यक्षमा शिव डाँगी चयन भएका छन् । शुक्रबार नेकपा एसका केन्द्रीय सदस्य तथा बाँके जिल्ला ईन्चाज अशोक कोइरालाको प्रमुख अतिथित्यतामा अध्यक्ष सहित ४५ सदस्यीय नगर कमिटि चयन गरिएको हो ।
जसमा उपाध्यक्षमा उपेन्द्र शाही र गिरि धारी शर्मा, सचिवमा तेजप्रसाद अधिकारी, उपसचिवमा विष्णु भट्टराई, कालि वहादुर डाँगी, हिमलाल घिमिरे चयन भएका छन् ।
सो बैंठकमा एसका जिल्ला उपाध्यक्ष भद्र देवकोटा, सचिव दिपक जि एम, प्रदेश कमिटी सदस्य केशकुमारी भुसाल, केन्द्रीय कमिटी सदस्य तथा बाँके सह–ईन्चाज अव्दुल हुसेन खाँ लगायतको उपस्थिति रहेको थियो ।
यस्तै नेकपा एसका केन्द्रीय सदस्य तथा बाँके जिल्ला ईन्चाज अशोक कोइरालाले आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश र संघिय चुनावको लागि संगठन विस्तार, सदस्यता अद्यावधिक, नयाँ सदस्य वितरण, वडा कमिटि निर्माण, जनवर्गीय संगठन निर्माण जस्ता कामहरु एकै साथ गर्न लागेको बताए ।
यस्तै एसको कोहलपुरको निर्वतमान अध्यक्ष नारायणी वली र निर्वतमान इन्चार्ज मञ्जु कोइरालाले संयुक्त रुपमा माइन्युट वर्तमान अध्यक्ष र इन्चार्जलाई हस्तान्तरण गरेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्