सम्पत्तिकै लागि भाइबुहारीको हत्या, पेटमा रहेको ४ महिने बच्चाले संसार देख्न पाएन

डिल्ली शाही, बाँके ।

बाँकेको कोहलपुर नगरपालिका-१४ पार्वतीपुरका विजय कुमार गडहरिया र कृष्ण कुमार गडहरिया दुई दाजुभाई हुन् । घरमा दाजुभाईको सम्पत्तिकै कारणले झगडा हुने गर्थ्याे ।

बुवा घिरन गडरियाले बढि कान्छोरालाई बढि विश्वास गर्थे भने जेठो छोरालाई कम विश्वास गर्थे । कहिलेकाँही विजयीको श्रीमतीले देवर कृष्णसंग समेत कहिलेकाँही झगडा हुने गर्थ्याे, जसको कारण थियो सम्पती । तर उनका बुवा घिरनले कान्छो छोराको नाममा जग्गा पास गर्ने निधो गरे । तर विजयले झगडा भएपछि रोकिएको थियो स्थानीयले  प्रहरीलाइ भने ।

आज पनि झगडा भयो होला, सधै हुने हल्ला जस्तै होला भन्ने भयो त्यति बेवास्ता गरेनन् । जेठो छोराले केही वर्ष अगाडि बुवा घिरनलाई मार्ने योजना बनाए तर कान्छो छोराले मार्ने योजना सफल हुन दिएका थिएनन् । कृष्णले १ वर्षपहिले अञ्जली गडहरियासंग विवाह गरेका थिए । विवाह भएपछि झन् जेठो छोरालाई सम्पतीको मोह बढ्यो । विजयले सम्पतीको मोह बढ्पछि परिवारकै सदस्य भाई कृष्णको हत्याको गर्ने योजना बनाए, सोही योजना बमोजिम कन्ट्याक किलरले हत्या गर्ने सफल भएको प्रहरीको दावी छ ।

मंगलबार बिहान एक्कासी स्थानीयहरुले घरको कोलियामा दुई जना रक्त्ताम्मे भएको देखे । प्रहरीलाई फोन गरे । फोन गर्ने साथ इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐन बहादुर मल्लको टोलि घटनास्थलमा पुगे । मल्लले जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मधुसुधन न्यौपानेलाई समेत खबर गरे ।

जिल्लाबाट दुई र कोहलपुरबाट एक गरी तीन वटा प्रहरीको गाडि आयोे । घटनाको बारेमा मुचुुल्का उठायो । स्थानीयहरुको निकै भिड भयो । प्रहरीले अनुसन्धानको लागि कुकुर प्रयोग भयाे तर कुकुर घरदेखि बाहिर गएन । प्रहरीलाई शंका लाग्यो किन कुकुर बाहिर गएन ? मृतकको कृष्णको बायाँ हातको नाडिमा खुकुरीले हानेको र कृष्णको श्रीमती अञ्जली गडहरियाको घाँटीमा डोरीको डाँम रहेको मुचुल्का उठायो ।

पोष्टमार्टमका लागि भेरी अस्पतालमा पठायो । रिपोर्टमा कृष्णको श्रीमती अञ्जली ४ महिनाको गर्भवती देखियो । दुवै श्रीमानश्रीमतीलाई हत्या नै गरेको पुष्टी भएपछि झन प्रहरी खोजीकार्य तिव्र बनायो । सबै स्थानीयहरुलाई सोधपुछ गर्दै अनुसन्धान अगाडि बढ्यो ।

कोहलपुर इलाका प्रहरी कार्यालयका डीएसपी ऐन बहादुर मल्ले जेठो छोरा विजयीको एनआईसी एसीया बैंकबाट ५० लाख लोन लिएको ऋण बाँकी रहेको अनुसन्धानबाट खुलेको जानकारी दिए । ऋण तिर्न रकम चाहिएको छ भन्दै थियो जेठो छोराले कान्छो छोरालाई मारेर सम्पती आफ्नो नाममा पार्ने योजनाका साथ कन्ट्याक किलरलाई १ लाख सुपारी दिई हत्या भएको मल्ले जानकारी दिए ।

पत्रकार सम्मेलन गर्दै मल्ले दुई जना भारतीयलाई १८ दिनअघि कृष्ण र अञ्जली सुत्ने ठाउँ, जाने बाटो, ढोका लगायतको भिडियो बनाएर दिएको जानकारी दिए । दुई जनाको हत्या हुँदा माथिल्लो तलामा विजय र रेखा रहेको भनिए पनि हत्या हुँदा विजय तल नै रहेको प्रहरीको दावी छ । घटनास्थलमा गोलीको खोकासमेत फेला परेको छ । दुई जनाको हत्या हुँदा माथिल्लो तलामा विजय र रेखा रहेको भनिए पनि हत्या हुँदा विजय तल नै रहेको प्रहरीको भनाई छ ।

उता विजयले प्रहरीलाई विगत केही महिना अगाडि अञ्जलीले श्रीमान र ससुरालाई घरायसी विषयमा उक्साएर आफूलाई कुटपिट गर्न लगाएका कारण सुपारी रकम दिएर बुहारीलाई मार्न लगाएको बयान दिएका छन् । अञ्जलीलाई मात्र मार्न भनी सुपारी दिएपनि भाईको पनि हत्या भएको उनले स्विकारेका छन् । हत्या गर्ने दुई भारतीय भनिएको छ तर नेपाली पनि हुन सक्ने आशंका गरिएको छ । अहिले मृतकका दाजुभाउजुलाई प्रहरीको नियन्त्रणमा लिइएकोे छ भने थप हत्या गर्ने व्यक्तिहरुको खोजी कार्य जारी रहेको डिएसपी मल्ले बताए ।