कोहलपुर ।
बाँकेको कोहलपुर-१४ पार्वतिपुरमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन् ।
इलाका प्रहरी कार्यालय काेहलपुरका अनुसार आफ्नै घरमा सुतेको अवस्थामा २५ वर्षिय कृष्णकुमार गढरिया र उनकै श्रीमती २३ वर्षिया अञ्जली गढरिया मृत अवस्थामा फेला परेका हुन । उनीहरुको करिव १ वर्ष पहिला विवाह भएको थियो ।
स्थानिय अनुसार घरमा दाइ र भाउजु भएकाे जानकारी दिएका छन् ।
इलाका प्रहरी कार्यालय काेहलपुरका प्रमुख ऐन बहादुर मल्लले घरमै सुतेको अवस्थामा विहान नउठेपछि मृतकका आफन्तले प्रहरीलाई खबर गरेपछि घटनाको जानकारी भएको बताए ।
घटनास्थलमा प्रहरी पुग्दा मृतक कृष्णको दायाँ हातको नाडीमा धारिलो हतियारले काटेको चोट रहेको र उनी रगताम्य अवस्थामा भेटिएको साथै उनकी पत्नी अञ्जली उत्तानो अवस्थामा रहेको जनाएको छ ।
घटनास्थलमा पुगेर स्थलगत मुचुल्का गरी मृतक दाम्पतिको शव पोष्टमार्टमको लागि भेरी अस्पतालमा पठाएको छ ।
‘घटनाको प्रकृति हेर्दा शंकास्पद छ । यसको गहन अनुसन्धानमा जुटि सकेका छौं । पोष्टमार्टम रिर्पोट आएपछि पनि घटनाको थप उजागर हुनेछ । घटनास्थल र शवको अवस्था हेर्दा हत्या की आत्महत्या प्रष्ट हुन सकेकाेे छैन’ यस विषयमा थप अनुसन्धान भैरहेकाे प्रहरी कार्यालय काेहलपुरका प्रमुख मल्लले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्