सल्यान ।
सल्यानका कुमाख गाउँपालिका वडा नं. ३ बाहुनचौरमा रहेको बाल जागृत विद्यालयका बालबालिकाले न्यानोे कपडा प्राप्त गरेका छन । सल्यानी समाज दक्षिण कोरियाले पठाएका ५९ थान स्वीटर विद्यलयका कक्षा ३ सम्म पढ्ने ५९ जना विद्यार्थीले पाएका हुन । आइतबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि वडा नं. ३ का अध्यक्ष चित्र बहादुर बुढाथोकीले विद्यालय व्यवस्थापन समिति अध्यक्ष खिम लाल रावतमार्फत विद्यार्थीलाई स्वीटर प्रदान गरेका हुन ।

कार्यक्रममा प्रधानाध्यापक होतिराम रावत, पुर्व विव्यस अध्यक्ष भद्र बहादुर बुढाथोकी, पुर्व शिक्षक तथा विद्यार्थी दिपकराज रावत, शिक्षक डिल्लीबहादुर थापा, पुर्व विद्यार्थी तथा पत्रकार डिल्ली राज रावत, अविभावक कल्पना राना लगायतले धन्यवाद मन्तव्य राखेका थिए ।

उनिहरुले गाउँ बाहिर अथवा परदेशमा हुदा पनि आफु पढेको विद्यालयलाइ सम्झेर बालबालिकाका निम्ती गरेको काम अनुकरणिय भएको भन्दै यो कुरा अरुले पनि अनुसरण गर्नुपर्ने बताएका छन ।

उनिहरुले बसन्त रानाका बाल्यकालका दिनहरु सम्झदै खेले खाएकोे ठाउँको पनि वर्णन गरेका थिए । उनिहरुले बसन्त राना लगायत उनका साथिहरुलाइ धन्यवाद दिएका छन । कार्यक्रमको संचालन बसन्तका बुवा तथा विद्यालयका शिक्षक झुपलाल रानाले गरेका थिए ।

हाल दक्षिण कोरियामा रहेका सल्यानका विभिन्न व्यक्तीले निर्माण गरेको सल्यानी समाजले जिल्लाका अन्य स्थानमा सहयोग गरेको जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्