काठमाडौं ।
नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) को पहलमा बाँके जिल्लाकालागि १ सय ७६ योजना छनौट भएका छन । मन्त्री अथकले आ.व. २०७९/०८० को बजेट भाषण मार्फत विभिन्न मन्त्रालयका १ सय ७६ योजनाहरु जिल्ला भित्राउन सफल भएका हुन ।
जसमध्ये बाँकेको खेलकुद क्षेत्रकालागि मात्र ९ करोड १४ लाख ४६ हजार बजेट विनियोजन भएको छ । युवा तथा युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत खेल पुर्वाधार निर्माण तथा प्रतियोगिता संचालन शिर्षकमा ९ करोड १४ लाख ४६ हजार बजेट विनियोजन भएको छ भने युवाकालागि १० लाख बजेट विनियोजन गरीएको छ ।
मन्त्री अथकको पहलमा भौतिक पुर्वाधार मन्त्रालय अन्तर्गत बाँकेकालागि ४० वटा योजना छनौट भएका छन । त्यसैगरी खानेपानी मन्त्रालय अन्तर्गत ५४, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत १७, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत ३, बन तथा वातावरण मन्त्रालय अन्तर्गत ८ र संस्कृती पर्यटन तथा नागरीक उद्दयन मन्त्रालय अन्तर्गत ५ वटा योजना छनौटमा परेका छन ।
त्यसैगरी महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालय अन्तर्गत ६, भुमि ब्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय अन्तर्गत ४, उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय अन्तर्गत १२, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत ११ र शहरी विकास मन्त्रालय अन्तर्गत १६ वटा योजना समावेश भएका छन ।
बाँकेका ८ वटा पालिकालाई प्राप्त हुने अन्तर सरकारी वित्त हस्तान्तरण रकम बढाउन समेत मन्त्री अथकले महत्वपूर्ण भुमिका खेलेका छन ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्