काेहलपुर ।
काेहलपुर नगरपालिका वडा नम्बर ८ स्थित ट्रककाे ठक्करबाट एक जना पैदल यात्रीकाे निधन भएकाे छ । नेपालगञ्जदेखिकाे काेहलपुर आउँदै गरेकाे क.प्र. ०२-००१ ख ००८ नम्बरकाे ट्रकले पैदल यात्रीलाइ ठक्कर दिँदा रुकुम पश्चिमका मन बहादुर केसीकाे मृत्यु मृत्यु भएकाे हाे ।

काेहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख रविन्द्र खनालका अनुसार नेपालगञ्जदेखिकाे काेहलपुर आँउदै गरेकाे ट्रकले आठविसकोट नगरपालिका-११ पश्चिम रुकुम घर भएका ६० वर्षका मन बहादुर के.सीलाई ठक्कर दिई गम्भीर घाइते भएकाे र उपचारका लागि कोहलपुर मेडिकल कलेज लग्ने क्रममा उनकाे मृत्यु भएकाे बताए ।
ट्रक चालक भने आठबीस नगरपालिका-४ दैलेख बस्ने २८ वर्षका प्रकाश बिक रहेकाे र उनी अहिले प्रहरीकाे नियन्त्रण रहेकाे इप्रका प्रमुख खनालले काेहलपुर टुडेलाइ जानकारी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्