माओवादी र नेकपा (एस) एमसीसी पास गर्न अस्विकार

काेहलपुर।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसीण् का विषयमा सत्ता गठबन्धन दलबीच विवाद भएको छ । संसद अवरोध खुलाउन र एमसीसीबारे साझा धारणा बनाउन बालुवाटारमा बसेको सर्वदलीय बैठकमा गठबन्धन दलबीच नै विवाद भएको हो ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले संशोधनविना एमसीसी पास गर्न नहुने धारणा राखेका थिए । कांग्रेस नेता ज्ञानेन्द्र कार्कीले एमसीसी अगाडि बढाउनुपर्ने जस्तो संकेत गरेपछि माओवादी नेता श्रेष्ठले यथास्थितिमा कुनै पनि हालतमा एमसीसी बढाउन नहुने बताएका थिए ।

त्यस्तै नेकपा ९एस०का नेता वेदुराम भुसालले पनि संशोधनविना एमसीसी पास गर्न नहुने बताए । नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले एमसीसी खारेज हुनुपर्ने बताए ।

उनका अनुसार त्यहाँ उपस्थित भएका राष्ट्रिय जनमोर्चा, राप्रपालगायतका दलले पनि एमसीसीको विरोध गरेका थिए । बैठकमा कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल, रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीको समर्थन गर्दै यसलाई अगाडि बढाउनुपर्ने बताएका थिए । जनता समाजवादी पाटीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसीलाई अगाडि बढाउनुपर्ने बताए । जसपा अध्यक्ष उपेन्द्र यादवले भने धारणा राखेनन् ।