भारतमा बढ्यो ओमिक्रोन संक्रमण, नेपाल समेत उच्च जोखिममा

ऐजेन्सी :

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट संक्रमित हुनेको संख्या १ सय ४५ पुगेको छ । सबै भन्दा बढी महाराष्ट्रमा ४८ जनामा ओमिक्रोनको संक्रमण देखिएको छ ।

दिल्लीमा २२ र तेलंगानामा २० जनामा ओमिक्रोनको संक्रमण देखिएको छ । राजस्थानमा १७, कर्नाटकमा १४, केरलामा ११, गुजरातमा ७, यूपीमा २ र आन्ध्र प्रदेश,चंडीगढ,तमिलनाडु र पश्चिम बंगालमा १/१ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखिएको हो ।

भारतमा ओमिक्रोनको संक्रमण बढेसँगै नेपालमा पनि त्यसको खतरा बढेको छ । नेपाल– भारत खुला सीमामा कोरोना परिक्षण नगर्ने हो भने नेपाल समेत संक्रमणको चपेटामा पर्ने देखिन्छ ।