ऐजेन्सी :
भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट संक्रमित हुनेको संख्या १ सय ४५ पुगेको छ । सबै भन्दा बढी महाराष्ट्रमा ४८ जनामा ओमिक्रोनको संक्रमण देखिएको छ ।
दिल्लीमा २२ र तेलंगानामा २० जनामा ओमिक्रोनको संक्रमण देखिएको छ । राजस्थानमा १७, कर्नाटकमा १४, केरलामा ११, गुजरातमा ७, यूपीमा २ र आन्ध्र प्रदेश,चंडीगढ,तमिलनाडु र पश्चिम बंगालमा १/१ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखिएको हो ।
भारतमा ओमिक्रोनको संक्रमण बढेसँगै नेपालमा पनि त्यसको खतरा बढेको छ । नेपाल– भारत खुला सीमामा कोरोना परिक्षण नगर्ने हो भने नेपाल समेत संक्रमणको चपेटामा पर्ने देखिन्छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्