काेहलपुर ।
२०७८ साल पुष १ गते मदन चाेकका थिर बहादुर तिवारी उनी सेवाग्राही हुन् । उनले आफ्नो घरको नक्सा कस्तो बनाउने, कस्तो बनाउदा राम्राे हुन्छ भन्ने बारेमा सोधपुछका लागि नगरपालिका भित्र गएका थिए ।
नगरपालिका भित्र गएकाे केही मिनेटमा नै माेटरसाइक हरायाे । काेहलपुर टुडेसंग कुराकानी गर्दै उनले भने माेटरसाइकल हराउने भए नगरपालिकामा सेवा लिन आउने थिइन्, अहिले ४ दिन भयाे तर अझै अत्ताे पत्ताे छैन उनी बताउछन् । उनकाे २२० सिसिकाे भे १० प ६९७५ नम्बरकाे माेटरसाईकल हराएकाे थियाे ।
यस्तै २०७६ भदौ १९ गते कोहलपुर नगरपालिकाको प्राङ्गगण मै राखेको मोटरसाईकल दिउसाे २ बजेतिर चाेरी भएकाे थयाे । सेवाग्राहीहरुको अध्यधिक चाप हुने नगरपालिकामा दिउँसै मोटरसाईकल चोरी हुनुले सुरक्षा चूनौतीलाई घाम झै छर्लङ देखाईदियो ।
नगरपालिकाका सूचना अधिकारी हरि बहादुर वलीले प्रयोग गर्ने भे १ ब १२६८ नम्बरको १५० सिसिको मोटरसाइकल हराएको थियो । जो अहिलेसम्म पनी फेला पर्न सकेको छैन ।
गैरजिम्मेवारी नगरपालिका : इलाका प्रहरी कार्यालय काेहलपुर डिएसपी खनाल
इलाका प्रहरी कार्यालय प्रमुख डिएसपी रविन्द्र खनालले कोहलपुर नगरपालिकाले आफ्नो कार्यालयमा सिसिटिभि राखेको बताए । कोहलपुर नगरपालिकाको सिसि क्यामरा कोहलपुर नगरपालिकाको कन्ट्रालिङ्गमा नै रहेको छ हाम्रा सबै यूनिटहरुलाई खटाएका छौं ।
२०७६ साल भदौ १९ गते हराएको मोटरसाइकल आफ्नलाई दिएको र पछि नआएको भन्ने बुझिएकोले त्यसमा हामीले अनुसन्धानको दायरामा नआएको र नगरपालिका जिम्मेवारी नभएको इप्रका कोहलपुर प्रमुख खनालले कोहलपुरटुडेलाई जानकारी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्