राजनैतिक सहमती बिनै शालिक राख्न खोज्दा हस्तक्षप : प्रमुख जिल्ला अधिकारी खत्री




काेहलपुर । 

नेपालगन्जको धम्बोझी चोकमा बिहान करिब ८ बजेको समयमा राखिएको स्व. राजा वीरेन्द्रको शालिक अहिले प्रहरीले हटाएको छ । स्वर्गीय राजा वीरेन्द्रको शालिक राखेपछि प्रहरी प्रहरी प्रशासनले हस्तक्षेप गरी हटाएकोे हो ।

स्थानीयका अनुसार ५/६ राउण्ड हवाई फायर भएको बताएका छन् भने जिल्ला प्रशासन कार्यालय बाँकेले टियर ग्याँस चलाएको पुष्टि गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री राजनितिक दल र प्रहरी वा जिल्ला प्रशासनमा जानकारी नदिई एक्कासी शालिक राखेकै कारणले गर्दा हटाउनु परेको बताए ।

यहाँका राजनितिक दलका प्रतिनिधि, यहाँको प्रहरी प्रशासन, जिल्ला प्रशासनलाई जानकारी नदिएपछि यो घटना हुन पुगेको खत्री बताउँछन् । तर प्रहरीले गलत कदम उठाएकै हो तर उहाँहरुले जानकारी नभएपनि तत्काल नै गोली नचाउनुपथ्र्यो उनी बताउँछन् ।

झडपमा परी राप्रपा युवा संघका जिल्ला उपाध्यक्ष युवराज शाही घाइते भएका छन् भने दई दर्जन बढी घाइते भएका
छन् । २०६२/६३ को जनआन्दोलनमा धम्बोजी चोकस्थित वीरेन्द्रको शालिक तोडफोड गरेका थिए । त्यसपछि वीरेन्द्रको शालिक हटाएर त्यहाँ राष्ट्रिय झण्डा मात्र राखिएको थियो ।

सोही स्थानमा आज(बिहिबार) दरबार हत्याकाण्डको दिनको सन्दर्भमा स्वतन्त्र अभियन्ता, राष्ट्रवादी युवा र राप्रपाका नेता कार्यकर्ताहरु वीरेन्द्रको शालिक राख्न खोजेको राप्र्रपाका नेता तेजनारायण कडेलले बताए । ‘हामीले शान्तिपूर्ण रुपमा शालिक राख्ने काम भएको थियो, एक्कासी प्रहरीले हस्तक्षप गरेपछि तनावग्रस्त भएको हो ।, उनले भने ।’ ‘अहिले वीरेन्द्रको शालिक त्यहाँबाट प्रहरीले हटाइसकेको छ ।’ सोही क्रममा धम्बोजी चोक नजिकै रहेको सेतु विक चोकमा राखिएको सेतु विकको शालिक पनि तोडफोड भएको छ । सेतु विक चोकलाई दोस्रो जनआन्दोलन भन्दा अगाडिसम्म ज्ञानेन्द्र चोक भनिन्थ्यो ।

पछि जनआन्दोलनमा शहीद भएकी सेतु विकको नामबाट त्यसलाई सेतु विक चोक भनियो र सो स्थानमा उनकै शालिक राखियो । धम्बोजी चोक र सेतु विक चोकको तनावको क्रममा प्रहरी र राजावादी समूहबीच ढुंगा हानाहान भएको थियो । दुई पक्षबीच झडप हुँदा केही युवा घाइते समेत भएको स्थानीयहरुले बताएका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ १९ गते बिहीबार