ज्योतिकुञ्ज महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पौडेल

कोहलपुर ।

ज्योति कुञ्ज महिला बचत तथा ऋण सहकारी संस्थाको २० औ साधारण सभाबाट अध्यक्षमा अनिता पौडेल चयन भएकी छिन् ।

उपाध्यक्षमा रेजिना मल्ल, सचिवमा मेनका जोशी र कोषाध्यक्षमा अमृता सुनार सभाबाट सर्वसम्मत चयन भएका हुन् ।

यस्तै सदस्यहरुमा जया चन्द, सरिता शाक्य, कुमुद हमाल, सुमित्रा जोशी, निरकला वि.क र लेखा संयोजकमा मन्दिरा पाण्डे सर्वसम्मत चयन भएका हुन् ।