बाँके ट्राफिकको प्रमुखमा मल्लपछि शाहकाे आगमन

कोहलपुर ।

बाँकेको ट्राफिक प्रहरी कार्यालयमा प्रहरी निरिक्षक हिमालय शाह आउने भएका छन् । यसअघिका ट्राफिक प्रमुख ऐन बहादुर मल्लको प्रहरी नायब उपरीक्षकमा बढुवा भएपछी खाली रहदै आएको स्थानमा प्रहरी निरीक्षक शाह आउन लागेका हुन् ।

प्रहरी निरीक्षक शाह प्रधानमन्त्री शेरबहादुर देउवाका अङ्ग रक्षक हुन् । संगठनप्रति इमानदारीताका साथ कार्य गर्ने प्रहरी निरीक्षक शाहले बाँकेको भौगोलिक र सामाजिक अवस्था राम्रोसँग बुझेकाले ट्राफिक प्रहरीको कमाण्ड सम्हाल्ने जिम्मेवारी पाएपछि बाँके ट्राफिक व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ ।

यसअघिका प्रमुख मल्ल बढुवा भएपछि एक महिनादेखि बाँके ट्राफिक प्रहरी कार्यालयको निमित्त प्रमुखको जिम्मा प्रहरी नायव निरीक्षक सिद्दी गणेश शाहले सम्हाल्दै आएका थिए ।