शहरी विकास मन्त्री झाँक्रीको निर्देशन : चैत महिनाको अन्तिमसम्म काम सक्ने गरी काम गर्नु

३ हजार कैदीबन्दी क्षमता राख्न सक्ने क्षमता रहेकाे छ । अहिले पहिलाे चरणकाे कामकाे ४५ प्रतिशत काम भएकाे छ ।

कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिका ३ मा रहेको क्षेत्रीय कारागारको शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अनुगमन गरेकी छिन् । शनिबार ३ हजार कैदिबन्दी राख्ने क्षमता भएको क्षेत्रीय कारागारको मन्त्री झाँक्रीले अनुगमन गरेकी हुन् । अनुगमनको क्रममा बाल्दै मन्त्री झाँक्रीले क्षेत्रीय कारागारको निर्माणको क्रममा धेरै लामोसमयसम्म पनि निर्माण हुन नसकेकोले अब यहि चैत महिना भित्र काम सक्नुपर्ने निर्माण व्यवसायीहरुलाई निर्देशन दिएकी छन् ।

उनले अनुगमन गर्दा अहिले १५ सय कैदिबन्दी क्षमताको पहिलो चरण र दोस्रो चरणमा १५ सय नै कैदिबन्दी क्षमता हुने भएकोले पहिलो चरणको काम यहि चैत महिना भित्र सक्नुपर्ने भन्दै कडा निर्देशन दिएकी हुन् । यस्तै मन्त्री झाँक्रीका अनुसार जेलहरुलाई सुधार गृहको रुपमा परिवर्तन हुर्नुपर्नेमा समेत जोड दिएकी थिइन् । आवास, सिप र उनीहरुको जिवनलाई सुधार गरी सामान्य जिवनमा फर्किने किसिमको वातावरण तयार हुर्नुपर्नेमा उनको जोड रहेको थियो ।

यस्तै शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदम कुमार मैनालीले १० विगाह जमिनमा ३ हजार क्षमताको क्षेत्रीय कारागार निर्माण हुन लागेको बताए । कैदिबन्दीहरुलाई दिइने सुविधा, स्वास्थ्य, खानेपानी, खेलकुद र अन्य आर्यआजनका कामहरु समेत यसमा राखिएको विभागका महानिर्देशक मैनालीले बताए ।

उनका अनुसार अहिले पहिलो चरणको ४५ प्रतिशत काम पुरा भएको छ । अब सबै भवन निर्माण भैसकेपनि फिनिसिङ्गको काम मात्र बाँकी रहेकोले अबको चैत महिनाको मसान्तभित्र काम पुरा हुने उनले विश्वास दिलाएका थिए ।

यस्तै स्थानीय नेता अजय बैगारले अहिलेको काम तिव्र रुपमा भैरहेको प्रति खुसी व्यक्त गरे । विगत लामोसमयदेखि बन्न नसकेको अहिले तिव्र रुपमा निर्माण भएको भन्दै प्रंशसा गरेका थिए ।