घरेलु मैदानमा पुलिसमाथि मनाङ विजयी

{"caption":"u0924u0938u094du092cu093fu0930 : u0915u0947u0936u0935 u0925u093eu092au093e, u0915u093eu0928u094du0924u093fu092au0941u0930","photographer":"","alt_text":""}

शहीद स्मारक ए डिभिजन अन्तर्गत पोखरामा शनिबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबले नेपाल पुलिस क्लबललाई ३-१ ले पराजित गरेको छ ।

घरेलु मैदान पोखरामा भएको खेलमा मनाङलाई जिताउन अञ्जन विष्टले दुई र निशान लिम्बुले एक गोल गरे । पुलिसका लागि सुमन लामाले सान्त्वना गोल गरे ।
घरेलु दर्शकको साथ पाएको मनाङका लागि १० औं मिनेटमा डिफेन्डर दिनेश राजवंशीको पासमा अञ्जनले गोल गरे । तर, खेलको ३५ औं मिनेटमा पुलिसले गोल फिर्ता गर्दै खेल बराबरीमा ल्याएको थियो ।

मनाङका खेलाडीले डिबक्स क्षेत्रमा फाउल गर्न पुग्दा पुलिसले पेनाल्टी पाएको थियो । जसको सदयुपयोग गर्दै पुलिसका सुमन लामाले खेललाई बराबरीमा फर्काएका थिए ।

खेलको ७३ औं मिनेटमा डिबक्स नजिकै पुलिसका खेलाडी सन्तोष हेमरुनले बल हातले छुँदा मनाङले फ्रिकिक पाएको थियो । सोही फ्रिकिकको उपयोग गर्दै अञ्जनले दोस्रो गोल गरे ।

खेलको ८३ औं मिनेटमा मनाङकै निशान लिम्बुले तेस्रो गोल गरे । पुलिसका गोल रक्षकले बचाएको बल ‘रिबाउन्ड’ हुँदा उनले सुन्दर गोल गरे ।

खेलपश्चात मनाङका मुख्य प्रशिक्षक तेपे फुजाले पुलिससँगको खेल प्रतिस्पर्धात्मक भएपनि जित हासिल गर्न सफल भएको बताए ।

उनले पहिलो हाफमा मनाङको खेलमा केही कमजोरी भएपनि दोस्रो हाफमा भने सुधारेको सुनाए । ‘दोस्रो हाफमा हामीले खेल सुधार्‍यौं । सही स्थान लियौं । त्यसैले पुलिसमाथि जित निकाल्न सहज भयो,’ उनले भने ।