कोहलपुर ।
कोहलपुर नगरपालिकामा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ । ९ वटा वडा मतगणना गर्दा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ ।
नेपाली काँग्रेसले मेयर पदका उम्मेदवार पूर्ण आचार्यले ८१८३ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका मेयर पदका उम्मेदवार खिल प्रसाद भुषालले ७७७२ मत प्राप्त गरेका छन् । नेककातर्फकी मेयर पूर्ण आचार्यले ४११ मतले अगाडि रहेका छन् ।
यस्तै नेककातर्पmबाट उपमेयरमा संगिता सुवेदीले ८४९४ मत प्राप्त गरेकी छिन भने उनकी प्रतिद्वन्द्वी अस्मिता कुमारी थारुले ८४१६ मत प्राप्त गरेकी छिन् । नेककातर्फकी उपमेयर संगिता सुवेदीले ७९ मतले अगाडि रहेकी छिन् ।
यस्तै नेकपा माओवादी केन्द्र र एकिकृत समाजबादीको गठबन्धन गरिएको थियो । जसमा माओवादी केन्द्रको तर्फबाट मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपानले ६५१३ मत प्राप्त गरेका छन् भने एसको तर्फबाट उपमेयरमा ३२८० मत प्राप्त गरेकी छिन् ।
कोहलपुर नगरपालिकाका १, २, ३, ४, १२, १३, १४, १५ र ५ वडा नम्बर गरी ९ वटा वडाको अन्तिम मत परिणामको आधारमा तयार गरिएको हो । जसमा २६९२६ मत गणना भैसकेको छ । कोहलपुर वडा नम्बर ११ को मतगणना भैरहेको छ ।
कोहलपुरमा नेकपा माओवादी केन्द्रले १, एमाले २ र अन्य ६ वटा वडा नेपाली काँग्रेसले जितेको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्