धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङलाई १२९७ मतको अग्रता

इटहरी ।

धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

सत्तारुढ दलहरुको समर्थन पाएका नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई १२९७ मतान्तरले पछि पार्दै साम्पाङले अग्रता लिइरहेका छन् ।
शुक्रबार दिउँसो साढे १२ बजेसम्म सम्पन्न ३९ हजार ३५७ मत गणनाको नतिजा अनुसार उनले १२ हजार १५ मत प्राप्त गरिसकेका छन् । कांग्रेसका उम्मेदवार किशोर राईले १० हजार ७१८ मत प्राप्त गरेका छन् भने एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ८ हजार ७३९ मत प्राप्त गरेकी छिन् ।

उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अइन्द्रबिक्रम बेघाको अग्रता कायमै छ । उनले १२ हजार ३७६ मत प्राप्त गरेका छन् भने एमालेका पदम इस्वो लिम्बुले ११ हजार ७६५ मत प्राप्त गरेका छन् । बेघा ६११ मतले अगाडि छन् ।

हाल वडा नं ११, १३ र १४ को मतगणना जारी छ ।

अनलाइनखबरबाट साभार