नेपाली काँग्रेसले कोहलपुरमा मेयरमा ४२० र उपमेयरमा १२५ मतले अग्रता कायमै




कोहलपुर ।
कोहलपुर नगरपालिकामा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ । वडा नम्बर १ मत गणना गर्दा नेकपा माओवादी केन्द्रले अग्रता लिएको थियो भने ८ वटा वडा मतगणना गर्दा नेपाली काँग्रेसले अग्र्रता लिएको छ ।

नेपाली काँग्रेसले मेयर पदका उम्मेदवारले ७३७९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका मेयर पदका उम्मेदवार खिल प्रसाद भुषालले ६९९५ मत प्राप्त गरेका छन् ।

यस्तै नेककातर्र्फबाट उपमेयरमा संगिता सुवेदीले ७६४३ मत प्राप्त गरेकी छिन भने उनकी प्रतिद्वन्द्वी अस्मिता कुमारी थारुले ७५१८ मत प्राप्त गरेकी छिन् ।

यस्तै नेकपा माओवादी केन्द्र र एकिकृत समाजबादीको गठबन्धन गरिएको थियो । जसमा माओवादी केन्द्रको तर्फबाट मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपानले ५७८० मत प्राप्त गरेका छन् भने एसको तर्फबाट उपमेयरमा २९७२ मत प्राप्त गरेकी छिन् ।

कोहलपुर नगरपालिकाका १, २, ३, ४, १२, १३, १४ र १५ वडा गरी ८ वडाको अन्तिम मतपरिमाणको आधारमा तयार गरिएको हो । जसमा ४२१२८ मत गणना भैसकेको छ । कोहलपुर वडा नम्बर ५ को मतगणना भैरहेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ ६ गते शुक्रबार