काेहलपुर ।
नेपालगन्ज उपमहानगरमा गठबन्धनबाट नेपाली काँग्रेसकाे तर्फबाट मेयर पदमा प्रशान्त विष्ट र उपमेयर पदमा जनता समाजवादी पार्टी (जसपा)काे तर्फबाट कमरुद्दीन राई विजयी भएका छन् । नेकाका विष्टले २३४६० मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पशुपतिदयाद मिश्राले ११६७५ मत पाएका छन् भने चुनावका मुख्खैमा माओवादी छाडेर राप्रपा प्रवेश गरि मेयरको उम्मेदवार बनेका नन्दलाल बैश्यले ७५९८ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।
त्यस्तै उपमेयरमा पनि गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार कमरुद्दीन राई विजयी भएका छन् । उनी १७९५० मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ति ढकालले १०९१५ मत ल्याएकी छन् भने राप्रपाकी बिन्दु चर्तिमगरले १०१३५ मत ल्याएका छन् ।
नेपालगन्जमा नेपाली कांग्रेसले मेयर सहित ५ वटा वडा, जसपाले उपमेयर सहित ६ वटा वडा र ५ वटा वडा एमाले, ४ वटा वडा माओवादी केन्द्र र ३ वटा वडामा राप्रपाका वडा अध्यक्ष विजयी भएका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्