भारतमा नेपाली मजदुर चढेको बस दुर्घटना हुँदा बालकको मृत्यु, ५ जना घाइते




भारतमा नेपाली मजदुर चढेको बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

बिहीबार धनगढीको कालिका मष्टामण्डली टुर एण्ड ट्राभल्सबाट टिकट लिएका ५६ जना नेपाली मजदुर चढेको भारतीय यूपी ०३३० पी १३७५ नम्बर बस पलियामा दुर्घटना भएको हो ।

दुर्घटनमा चार वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा परेर अछामको बान्नीगढी जयगढ गाउँपालिकाका ४ वर्षीय विष्णु थापाको मृत्यु भएको हो । अन्य पाँच जना घाइते छन् ।

घाइतेहरूको भारतमै उपचार भइरहेको छ भने मृतकको शव पनि भारतमै छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस ३ गते शनिबार